२०८२, कार्तिक २३ गते

Nov 09 2025 | २०८२, कार्तिक २३ गते

संसदीय दलको कार्यालय स्थापना

बिहिवार , भाद्र १७, २०७८

  • 2.7K
    Shares
  • 2.7K
    Shares
  • काठमाडौँ, १७ भदौ । नेकपा (एकीकृत समाजवादी) पार्टीको आज संसदीय दलको कार्यालय स्थापना भएको छ ।

    सो पार्टी प्रतिनिधिसभा संसदीय दलका नेता माधवकुमार नेपाल र राष्ट्रियसभा संसदीय दलका नेता वेदुराम भुसालले आ–आफ्नो जिम्मेवारी सम्हालेको सांसद कल्याणीकुमारी खड्काले जानकारी दिइन् । 

    आइतबार बसेको संसदीय दलको बैठकले सर्वसम्मतरूपमा उनीहरुलाई संसदीय दलको नेतामा चयन गरेको थियो । यही भदौ ९ गते निर्वाचन आयोगबाट नेकपा (एकीकृत समाजवादी)ले नयाँ दलको मान्यता पाएको थियो ।