२०८२, कार्तिक २२ गते

Nov 08 2025 | २०८२, कार्तिक २२ गते

प्रदेश नं १ को मुख्यमन्त्रीमा आचार्य

बिहिवार , भाद्र १०, २०७८

  • 3.6K
    Shares
  • 3.6K
    Shares
  • मोरङ, १० भदौ । नेकपा एमाले संसदीय दलका नेता भीमप्रसाद आचार्य प्रदेश नं १ को मुख्यमन्त्रीमा नियुक्त भएका छन् । उनले आजै मुख्यमन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएका छन् । 
     
    उहाँलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले नेपालको संविधानको धारा १६८ (१) बमोजिम पद तथा गोपनीयताको शपथ गराएका हुन् । 
     
    सो अवसरमा निवर्तमान मुख्यमन्त्री शेरधन राई, सभामुख प्रदीपकुमार भण्डारी, उपसभामुख सरस्वती पोखरेल, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीलगायत प्रदेश सरकारका उच्च पदस्थ कर्मचारीको उपस्थिति रहेको थियो ।

    यसअघि आचार्य आजै नेकपा एमाले प्रदेश नं १ को संसदीय दलको नेतामा चयन भएका थिए । रासस