२०८३, बैशाख १० गते

Apr 23 2026 | २०८३, बैशाख १० गते

एमाले केन्द्रीय कमिटी बैठक जारी

बिहिवार , भाद्र १०, २०७८

  • 3.5K
    Shares
  • 3.5K
    Shares
  • काठमाडौं, १० भदौ ।
    आन्तरिक समस्या समाधानका लागि कार्यदलले तयार गरेको १० बुँदे प्रस्ताव कार्यान्वयनसम्बन्धी स्थायी कमिटीको निर्णय अनुमोदनलगायत विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक जारी छ ।

    ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा सुरु भएको बैठकका लागि पार्टीको सदस्यता वितरण र विधान महाधिवेशन तथा स्थानीय अधिवेशन र पार्टी विभाजनमा लाग्ने नेतामाथि कारबाहीका विषय कार्यसूचीमा राखिएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
    यही भदौ ८ गतेको स्थायी कमिटीको बैठकले गत असार २७ गतेको आन्तरिक विवाद समाधान कार्यदलको सिफारिसलाई कार्यान्वयन गर्दै पार्टीको

    संरचनालाई नेकपा (माओवादी केन्द्र)को एकतापूर्व (२०७५ जेठ २) कै अवस्थाबाट सञ्चालन गर्ने निर्णय गरेको थियो । पार्टीले आगामी मंसिरको दोस्रो साता दशौँ राष्ट्रिय महाधिवेशन गर्ने तय गरेको छ । रासस