२०८२, कार्तिक २२ गते

Nov 08 2025 | २०८२, कार्तिक २२ गते

माधव नेपालसहितका नेता निर्वाचन आयोगमा

बुधवार , भाद्र ९, २०७८

  • 2.5K
    Shares
  • 2.5K
    Shares

  • काठमाडौं, ९ भदौ ।
    माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) दल दर्ता प्रक्रिया पूरा गर्न निर्वाचन आयोगमा एकत्रित भएको छ । नेता नेपालसहितका उनका सहयोगीहरू सो प्रयोजनका लागि आवश्यक दस्तावेजका साथ सनाखत गर्न आयोग पुगेका हुन् । यसअघि नेपालसहितका नेताले आयोगमा नयाँ दल दर्ताका लागि आवेदन गरेका थिए । आयोगले आवेदन गरेका सबैलाई सनाखतका लागि आज बोलाएको थियो । 
    प्रस्तावित दलका नेता जगन्नाथ खतिवडाले दल दर्ताका निम्ति गणपूरक संख्या पुग्ने सदस्यहरूका साथ आफूहरू आयोगमा उपस्थिति भएको बताए । उनीहरूका साथमा प्रदीपकुमार नेपाल पनि छन् । । 

    यसैगरी महन्थ ठाकुर नेतृत्वको प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टीका आवेदनकर्ताहरू पनि सनाखतका लागि आयोगमा उपस्थिच भएका छन् । ठाकुर नेतृत्वको पार्टीले ३० सदस्यीय कार्यसमिति प्रस्ताव गरेको नेता राजेन्द्र महतोले जानकारी दिए । रासस