२०८३, बैशाख १० गते

Apr 23 2026 | २०८३, बैशाख १० गते

साढे ५ लाख धरौटीमा रिहा भए सम्मरीमाई गाउँपालिका अध्यक्ष शुक्ला

मंगलवार , भाद्र ८, २०७८

  • 8.7K
    Shares
  • 8.7K
    Shares
  • भैरहवा। रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) जिल्ला अदालत रुपन्देहीबाट रिहा भएका छन्।

    सम्मरीमाई गाँउपालिका बडा नम्बर १ की एक महिलामाथि जवरजस्ती करणी गरेको आरोपमा प्रहरी नियन्त्रणमा रहेका अध्यक्ष शुक्लालाई अदालतले साढे ५ लाख धरौटी बुझी रिहा भएका हुन्। 

    रुपन्देही जिल्ला अदालत रुपन्देहीका न्यायधिश मात्रिका प्रसाद मरासिनीको ईजलाशले धरौटी रकम लिई शुक्ललाई रिहा गरेको शुक्लाका कानुनी सल्लाहकार सुनिल त्रिपाठीले जानकारी दिए। 

    शुक्लबिरुद्ध उनकै गाउँपालिकाकी एक महिलाले जवरजस्ती करणी उद्योगमा जाहेरी दिए पछि रुपन्देही प्रहरीले साउन २८ गते उनलाई हिरासतमा लिएको थियो। प्रहरी हिरासतमा बसेको १३ औं दिनमा शुक्ल छुटेका हुन।  थुनछेक बहसपछि न्यायाधीश मातृकाप्रसाद मरासेनीको इजलासले मंगलबार शुक्लालाई धरौटीमा छाड्न आदेश गरेको थियो।

    शुक्लाको तर्फबाट कानून व्यवसायी धर्मराज खड्का, साविर खाँन, प्रदीप कुमार यादव र सुनिल कुमार त्रिपाठीले बहस गरेका थिए। शुक्ला रिहा हुने खबर पाए लगत्तै अदालत परिसरमा उनका समर्थकको ठूलो भिड जम्मा भएको थियो।

    239086084_565884301519088_7251245928816379864_n.jpg