२०८३, श्रावण ९ गते

Jul 25 2026 | २०८३, श्रावण ९ गते

नेपाली कांग्रेस मायादेवी सभापतिको दावेदार हुँ : कमलेश उपाध्याय

मंगलवार , भाद्र ८, २०७८

  • 6.5K
    Shares
  • 6.5K
    Shares
  • भैरहवा, ८ भदौ ।

    नेपाली कांग्रेसका युवा नेता कमलेश उपाध्यायले आफू मायादेवी गाउँपालिका, रुपन्देहीको अधिवेशनमा दावेदार भएको घोषणा गरेका छन् । उनले भदौ २७ गते हुने गाउँपालिकाको अधिवेशनमा सभापतिको दावेदार भएको बताए ।

    विगत आधा दशकदेखि कांग्रेसमा आबद्ध भइ निरन्तर पार्टी तथा जनताको काममा लागेकाले युवा नेतृत्वमा जानुपर्ने उपाध्यायले बताए । अब युवाहरुलाई अगाडी बढाउनुपर्छ, मायादेवी–५ निवासी उपाध्यायले भने, ‘मायादेवी गाउँपालिकालाई कांग्रेसलाई थप सशक्त रुपमा अगाडी बढाउनुपर्ने भएकोले सभापतिको दावेदार हुँ ।’ आफूले सभापतिको जिम्मेवारी पाए पार्टीलाई सशक्त रुपमा अगाडी बढाउने उनको भनाइ छ ।