२०८३, बैशाख १० गते

Apr 23 2026 | २०८३, बैशाख १० गते

सत्तापक्ष मात्रै सदनमा सहभागी भएर विश्वासको मत लिनु नाटक मन्चन : एमाले लुम्बिनी 

मंगलवार , भाद्र ८, २०७८

  • 3.2K
    Shares
  • 3.2K
    Shares
  • बुटवल, ८ भदौ  । 
    लुम्बिनी प्रदेश सभाको प्रमुख प्रतिपक्ष दल नेकपा एमाले बैठक बहिष्कार गरेपछि बाँकी रहेका प्रदेशसभा सदस्यहरुकै बीचमा मुख्यमन्त्री कुल प्रसाद केसीले विश्वासको मत लिए । त्यही घटनालाई एमालेले नाटक मन्चनको संज्ञा दिएको छ । एमाले संसदीय दलका प्रमुख सचेतक भुमिश्वर ढकालले मंगलबार विज्ञप्ती जारी गर्दै सत्तापक्ष मात्रै सहभागी भएर विश्वासको मत लिने नाटक मञ्चन भएको आरोप लगाएका छन् । ‘भदौ ७ गते मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सभामा विश्वासको मत लिएको हास्यास्पद समाचार बाहिर आएको छ । प्रतिपक्षले बहिष्कार गरे र खाली भएको प्रदेश सभामा सत्तापक्ष मात्रै सहभागी भएर विश्वासको मत लिने नाटक मञ्चन भएको छ ।’–विज्ञप्तिमा भनिएको छ ।

    साथै एमालेले विश्वासको मत लिनु भन्दा २४ घण्टा पहिले सबै प्रदेश सभा सदस्यलाई जानकारी गराउनुपर्नेमा सदस्यहरुलाई थाहा नै नदिइ नियमावली उल्लंघन गरी प्रमुख प्रतिपक्षको मागलाई वेवास्ता गर्दै एक्लै दौडेर पहिलो हुने सोच अनुसार भएका क्रियाकलापलाई स्वीकार्य नहुने जनाएको छ ।

    लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले सोमबार प्रमुख प्रतिपक्ष दलको सहभागि बिना नै विश्वासको मत प्राप्त गरेका थिए । प्रमुख प्रतिपक्ष दल एमाले अजय शाही र विमला वलीलाई सांसदबाट पदमुक्त नगरेसम्म संदन चल्न नदिने भन्दै बहिष्कार गर्दै आएको छ ।