२०८३, बैशाख १० गते

Apr 23 2026 | २०८३, बैशाख १० गते

एमालेलाई मुख्यमन्त्री केसीले भने , "आवेगमा नआउनुस, हामीले प्रतिपक्षमा हुँदा सहयोग गरेका थियौ "

सोमवार , भाद्र ७, २०७८

  • 3.2K
    Shares
  • 3.2K
    Shares
  • बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले विश्वासको मत पाएका छन् । एमालेको निरन्तर बिरोधकै बिचमा पनि बिश्वासको मत पाएका मुख्यमन्त्री केसीले बिश्वासको मत पाएसंगै एमालेलाई संयमता अपनाउन आग्रह गरेका छन् । 

    उनले गठबन्धनका दलहरु प्रतिपक्षमा बसेपनि निरन्तर सहयोग गरेको कुरा नबिर्सन आग्रह गरेका छन् । उनले संविधान एवं संसदीय प्रणाली अनुसार चल्न सुझाब दिँदै आवेगात्मक नहुन सुझाब दिए। उनले भने  "गठबन्धन बिपक्षमा रहँदा सरकारलाई समर्थन गरेका थियौँ, त्यो कुरा नबिर्सनुहोस्, बढि आवेगात्मक हुनुभएको छ त्यसलाई छाड्नुहोस्।"

    मुख्यमन्त्री केसीले आगामी कार्यक्रमको बारेमा बताउँदै गठबन्धन सरकार ३ वर्षको अनुभवकै आधारमा सरकार सञ्चालन गर्ने प्रतिक्रिया दिए। उनले आत्मनिर्भर लुम्बिनीबासी बनाउने कार्यमा आफुहरु तल्लीन हुने बताए । उनले गठबन्धनले दुख कष्टका साथमा केन्द्र देखी प्रदेशसम्म राजनीतिको नेतृत्व गरेको उल्लेख गर्दै संविधान र संघियता कार्यान्यवन, लोकतन्त्रको रक्षा, जनजिविका र स्वास्थ्य क्षेत्रको सुधारको लागि कार्य गर्ने प्रतिवद्धता ब्यक्त गरे। 

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको बहिस्कारको बाबजुद पनि जनमोर्चा प्रतिपक्षमा बसेकोले बैठक चलेको हो। ४३ प्रदेशसभा सदस्य सहभागी मध्य उनले ४२ मत प्राप्त गरेका थिए भने एमाले सांसद एवं उपसभामुख कृष्णी थारु तटस्थ बसेकी थिईन्। जनमोर्चा सांसद विपक्षमा बसेपनी पक्षमा मतदान गरेकी थिइन्। 

    ८० सदस्यीय लुम्बिनी प्रदेश सभामा एमालेका ३८ जना, माओवादी (सभामुख सहित) र नेपाली काङ्ग्रेस सङ्ग १९/१९ जना, जसपाका ३ र जनमोर्चाका १ जना सांसद छन्।