२०८३, बैशाख ११ गते

Apr 24 2026 | २०८३, बैशाख ११ गते

दल विभाजनसम्बन्धी अध्यादेशविरुद्ध भैरहवामा अनेरास्ववियुको प्रदर्शन

शनिवार , भाद्र ५, २०७८

  • 3.3K
    Shares
  • 3.3K
    Shares
  • भैरहवा, ५ भदौ ।
    सरकारले ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशविरुद्ध नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) रुपन्देही क्षेत्र नम्बर ३ ले भैरहवामा प्रदर्शन गरेको छ । शुक्रबार भैरहवाको देवकोटाचोकमा अध्यादेश खारेजीको माग गर्दे प्रदर्शन तथा भण्डाफोर कार्यक्रम गरिएको अनेरास्ववियुका केन्द्रीय सदस्य तथा रुपन्देही क्षेत्र नम्बर ३ का संयोजक सरोज ठकुरीले बताए । उनले अध्यादेश खारेजीको माग गर्दै देशव्यापी रुपमा अनेरास्ववियु विरोधमा उत्रिएको बताए ।

    प्रदर्शनमा सहभागि विद्यार्थी नेताहरुले परमादेश सरकार मुर्दावाद, अध्यादेश खारेज गर, मापसे सरकार मुर्दावाद जस्ता नारा लगाएका थिए ।

    कार्यक्रममा अनेरास्ववियु केन्द्रीय सदस्य भीम भण्डारी, भैरहवा बहुमुखी क्याम्पस कमिटी अध्यक्ष सागर न्यौपाने, राष्ट्रिय युवा संघ सिद्धार्थनगरका संयोजक नर्जुंग गुरुङ, एमाले रुपन्देही जिल्ला सदस्य अर्जुन गिरी, युवा नेता वाई.पी. आचार्य (सुशान्त), राष्ट्रिय युवा संघ रुपन्देही सचिवालय सदस्य अमित शुक्ला लगायतको उपस्थिति रहेको थियो ।

    2.jpg4.jpg