२०८२, कार्तिक २२ गते

Nov 08 2025 | २०८२, कार्तिक २२ गते

अध्यादेशको विरोधमा भैरहवा बहुमुखी क्याम्पस अगाडी अनेरास्ववियुको प्रदर्शन

बिहिवार , भाद्र ३, २०७८

  • 4.2K
    Shares
  • 4.2K
    Shares
  • भैरहवा, ३ भदौ । 
    राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशको विरोधमा नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले भैरहवा बहुमुखी क्याम्पस अगाडि प्रदर्शन गरेको छ । बिहीबार राजनीतिक दलसम्बन्धी अध्यादेश जलाउनुका साथै प्रदर्शन समेत गरिएको अनेरास्ववियु भैरहवा बहुमुखी क्याम्पस इकाई कमिटीका अध्यक्ष सागर न्यौपानेले बताए ।

    प्रदर्शनमा सहभागि विद्यार्थी नेताहरुले मापसे सरकार मुर्दावाद, राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश मान्दैनौ जस्ता नारा लगाएका थिए ।

    अनेरास्ववियुका केन्द्रीय सदस्य सरोज ठकुरीले मुलुकलाई अस्थिरतातर्फ धकेल्न शेर बहादुर देउवा नेतृत्वको वर्तमान सरकारले गरेको निर्णय आफूहरुलाई मान्य नहुने जिकिर गरे । परमादेशबाट आएको सरकारले जनताको पक्षमा कुनै काम गर्न नसकेको उनले बताए ।