२०८२, कार्तिक २२ गते

Nov 08 2025 | २०८२, कार्तिक २२ गते

१४ सांसदलाई पदमुक्त गर्न एमालेको आग्रह

बिहिवार , भाद्र ३, २०७८

  • 2.7K
    Shares
  • 2.7K
    Shares

  • काठमाडौं, ३ भदौ ।

    नेकपा (एमाले) को संसदीय दलले आफ्नो पत्रबमोजिम वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ प्रतिनिधिसभा सदस्यलाई छिटो कारबाही गर्न आज सभामुख अग्निप्रसाद सापकोटासंग माग गरेको छ ।

    गत वैशाख २७ गते तत्कालीन प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई संसदमा विश्वासको मत दिने बैठकमा मत नदिएको र गत साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टीको नीतिविपरीत विश्वासको मत दिएको स्थितिमा एमालेले ती सांसद्लाई कारबाही गर्न यही भदौ १ गते संघीय संसद् सचिवालयमा पत्र पठाएको थियो ।

    एमालेले राजनीतिक दलसम्बन्धी ऐनको दफा २८ बमोजिम कारबाहीका लागि सिफारिस गरेकाले कानूनबमोजिम कारबाही नगरिए प्रतिरोध गर्ने जनाउ दिइएको सभामुखसँगको भेटपछि एमालेका मुख्य सचेतक विशाल भट्टराईले बताए ।

    एमालेले जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणि चौधरीलाई कारबाहीका लागि सिफारिस गरेको थियो ।

    एमालेमा असन्तुष्ट नेता नेपाल पक्षले यही भदौ २ गते राजनीतिक दलसम्बन्धी अध्यादेशबमोजिम नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । रासस