२०८२, माघ ५ गते

Jan 19 2026 | २०८२, माघ ५ गते

कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम गर्दै जसपा

शुक्रवार , श्रावण २९, २०७८

  • 3.9K
    Shares
  • 3.9K
    Shares
  • परासी, २९ साउन ।
    जनता समाजवादी पार्टी, नेपाल (जसपा)को उपेन्द्र यादव समुहले आधिकारिकता पाए लगत्तै पार्टीले कार्यकर्ता भेला  र प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिन थालेको छ । पश्चिम नवलपरासीमा जसपा. नेपालले पार्टीको अगुवा कार्यकर्ता भेला र पार्टी प्रवेश कार्यक्रमलाई अगाडि बढाएको जिल्ला अध्यक्ष धरेन्द्र यादवले जानकारी दिए ।

    दुई कित्तामा उभिएको जसपालाई निर्वाचन आयोगले उपेन्द्र यादव समूहलाई आधिकारिकता दिनासाथ पश्चिम नवलपरासीमा यो समूह बलियो देखिन थालिएको यादव समूहको दावी छ । केही दिन अगाडि पूर्व राजपाका नेता राजेन्द्र महतो परासी आएर पार्टी कमजोर बनाउने कार्यमा उपेन्द्र यादव नै जिम्मेवार रहेको आरोप लगाएपछि जसपाका केन्द्रिय सदस्य गोविन्द चौधरीले प्रतापपुर, सुस्ता गाउँपालिकाका पार्टी अगुवा कार्यकर्ता भेलामा पार्टी आफ्नो नीति र कार्यक्रमलाई अगाडि बढाउने कार्यमा एक इञ्च पनि पछि नहटेको धारणा राखेका थिए । 

    प्रतापपुरको बेलाटारीमा आयोजित भेलामा जसपा केन्द्रिय सदस्यहरु रामवचन यादव, चिनक कुर्मी, सुनिता काफ्ले लगायतले जसपा समावेशी ढंगबाट अगाडि बढिरहेको बताए । 

    पश्चिम नवलपरासी संघीय निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस र स्वतन्त्र राजनीतिक समूहका हृदयेश त्रिपाठीको चलखेललाई अन्त्य गरी समावेशी समानता, संघीयता लगायतको आदर्शका साथ जसपालाई अगाडि बढाउन नेता कार्यकर्ताहरुले उद्घोष गरेका थिए । केही महिनापछि आउँदै गरेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पूर्व राजपाको अगुवा कार्यकर्ता भेला केन्द्रित रहेको राजनीतिक विश्लेषकले विश्लेषण गरेका छन् । क्षेत्रीय अध्यक्ष असरफ चुरिहारको अध्यक्षतामा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ८० जना जसपामा प्रवेश गरेको स्थानीय अगुवा कार्यकर्ता राजेश चौधरीले जानकारी दिए ।