२०८२, कार्तिक २२ गते

Nov 08 2025 | २०८२, कार्तिक २२ गते

लुम्बिनी प्रदेश सरकारकाे पहिलाे निर्णय : क्यान्सर, मिर्गौला तथा मुटु रोगका विरामीहरुलाई २ लाख दिने

बिहिवार , श्रावण २८, २०७८

  • 5.6K
    Shares
  • 5.6K
    Shares
  • बुटवल। लुम्बिनी प्रदेश सरकारले क्यान्सर, मिर्गौला तथा मुटु रोगका विरामीहरुलाई २ लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

    आज बसेको नयाँ गठित मन्त्रीपरिषदको बैठकले क्यान्सर, मिर्गौला तथा मुटु रोगका विरामीहरुलाई २ लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको प्रवक्ता कृष्णध्वज खड्काले बताए ।

    बैठकले कोरोना हटलाईन एम्बुलेन्स सञ्चालन गर्ने तथा कोरोनाको एन्टिजोन परीक्षणको लागि घुम्ती शिवीर सञ्चालन गर्ने निर्णय गरेको छ ।

    यस्तै खोपलाई प्रभावकारी बनाउने पनि निर्णय गरेको छ । बैठकले लुम्बिनी प्रदेश सरकार कार्यसम्पादन पहिलो संशोधन नियमावली २०७८ स्वीकृत गर्ने निर्णय गरेको खड्काले बताए ।