२०८२, कार्तिक २२ गते

Nov 08 2025 | २०८२, कार्तिक २२ गते

लुम्बिनी प्रदेश : जसपाबाट कारवाहीमा परेका २ मन्त्रीले राजीनामा दिदै

बुधवार , श्रावण २७, २०७८

  • 2.7K
    Shares
  • 2.7K
    Shares
  • भैरहवा। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल नेतृत्व सरकारका थप दुई जना मन्त्रीले राजीनामा बुझाउने भएका छन्। 

    सरकारका कृषि मन्त्री विजयबहादुर यादव र उद्योग वन वातावरणमन्त्री कल्पना पाण्डेयले मन्त्री पदबाट राजीनामा दिने तयारी गरेका छन्। जसपाको पार्टी निर्णयविपरीत सरकारमा सहभागी भएपछि उनीहरुलाई पार्टीले सांसद पदबाट मुक्त गरेको थियो। 

    उनले आफू बाहिर भएको र कल्पना लम्साल अस्पतालमा भएकोले राजीनामा बुझाउन ढिलो भएको कृषिमन्त्री यादवले जानकारी दिए। यादवले राजीनामा पत्र तयार गर्दै गरेको र छिटै नै बुझाउने बताए।

    उनीहरू तीनै जना जसपाको ठाकुर समुहबाट सरकारमा गएका थिए। सांसदबाट पदमुक्त तीनै जनाको मुद्वा सर्वोेच्चमा विचाराधिन छ।