२०८३, बैशाख ११ गते

Apr 24 2026 | २०८३, बैशाख ११ गते

लुम्बिनी प्रदेश : राजीनामा वा अविश्वास प्रस्ताव सामना गर्नेबारे छलफलमा जुट्यो एमाले

बुधवार , श्रावण २७, २०७८

  • 2.8K
    Shares
  • 2.8K
    Shares
  • बुटवल, २७ साउन । 
    आज लुम्बिनी प्रदेश सभामा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हँुदैछ । वैशाखमा पनि पोखरेलमाथि परेको अविश्वास प्रस्ताव टेबुल हुने दिन राजीनामा दिदै तत्कालीन प्रदेश प्रमुख धर्मनाथ यादवमार्फत संसद अधिवेशन अन्त्य गराएका थिए । आज राजीनामा दिने वा अविश्वासको प्रस्ताव दर्ता हुने सम्बन्धमा छलफल गर्नको लागी नेकपा एमाले लुम्बिनी प्रदेशले संसदीय दलको बैठक बोलाएको छ । विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएपछि भावी रणनीति तय गर्नको लागि एमाले लुम्बिनी प्रदेश संसदीय दलले आज बिहान बैठक बोलाइएको सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले बताए । मुख्यमन्त्री निवासमा बस्ने बैठकले अविश्वासको प्रस्ताव सामना गर्ने कि मुख्यमन्त्रीबाट राजीनामा दिने भन्ने विषयमा निर्णय गर्ने सम्भावना रहेको छ ।
    ८० सदस्यीय रहेको लुम्बिनी प्रदेश सभामा मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकार स्पष्ट अल्पमतमा रहेको छ । प्रदेश सभामा नेकपा एमाले माधव नेपाल पक्षसहित का ३८ जना सांसदको मात्रै सरकारलाई समर्थन रहेको छ । विपक्षी गठबन्धनमा भने सभामुखबाहेक ४१ जना सांसदको सर्मथन छ ।

    विपक्षी गठबन्धनमा नेपाली कांग्रेसका १९, नेकपा (माओवादी केन्द्र) का १८ (सभामुख बाहेक), जनता समाजवादी पार्टी (जसपा)का ३ र जनमोर्चाका १ जना सांसद रहेका छन् । यसैबीच, लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य लीला गिरीले दायर गरेको प्रदेशसभाको विशेष अधिवेशन आह्वानविरुद्धको रिट मुद्दा हेर्न नभ्याइनेमा राखिएको छ । मंगलबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा पेसी राखिएको थियो। रिट निवेदनमा संविधानको धारा १६८ को उपधारा १ बमोजिम बहुमत प्राप्त दलको नेताका रूपमा शंकर पोखरेल गत वैशाख १९ गते नियुक्त भएको दावी गर्दै दुई वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन नपाइने जिकिर गरिएको छ ।