२०८२, कार्तिक २३ गते

Nov 09 2025 | २०८२, कार्तिक २३ गते

जसपाका प्रदेशसभा सदस्यलाई पुनर्बहाली गर्न अस्वीकार

सोमवार , श्रावण २५, २०७८

  • 2.6K
    Shares
  • 2.6K
    Shares
  • काठमाडौं, २५ साउन ।
    जनता समाजवादी पार्टी नेपाल (जसपा) का लुम्बिनी प्रदेशसभा सदस्यहरूले आफूलाई पुनर्बहाली गर्न माग गर्दै दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

    न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले आज लिखित जवाफ माग गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । आदेशमा बाटोको म्यादबाहेक १५ दिनभित्र लिखित जवाफ पेश गर्न भनेको छ भने अन्तरिम आदेश दिने वा नदिने विषयमा छलफल गर्न आगामी भदौ ८ गते दुवै पक्षलाई बोलाइएको छ ।

    लुम्बिनी प्रदेशसभाका मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी भएपछि पार्टीबाट पदमुक्त भएका प्रदेशसभा सदस्यहरु सन्तोष कुमार पाण्डेय, कल्पना पाण्डे लम्साल र विजय बहादुर यादव पुनर्बहालीको माग गर्दै यही साउन १५ गते रिट निवेदन दायर गरेका थिए । यसअघि अदालतको आदेशबाट उनीहरु पुनर्बहाली भएका थिए ।

    यही साउन ११ गते निर्वाचन आयोगबाट जसपाका अध्यक्ष उपेन्द्र यादवले आधिकारिकता पाएपछि उनीहरु पुन : कारवाहीमा परेका थिए । उक्त कारवाहीकाविरुद्धमा उनीहरु अदालत गएका थिए । रासस