images
images

आइतवार, जेठ ६ गते २०८१

लायन्स बुटवल स्टार्स र बुटवल संसारद्वारा गौशालामा सहयोग

लायन्स बुटवल स्टार्स र बुटवल संसारद्वारा गौशालामा सहयोग

images
images
images
आइतवार, श्रावण २४ २०७८
आइतवार, श्रावण २४ २०७८
  • लायन्स बुटवल स्टार्स र बुटवल संसारद्वारा गौशालामा सहयोग

    बुटवल, २४ साउन ।
    कोरोना भाइरस (कोभिड–१९) को महामारीको विषम परिस्थितिमा ‘हामी सेवा गर्छौं’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै लायन्स क्लब अफ बुटवल स्टार्स र लायन्स क्लब अफ बुटवल संसारको संयुक्त आयोजनामा भलुहीस्थित कामधेनु गौशालामा फर्निचर तथा मेडिकल सामाग्रीहरु हस्तातरण गरिएको छ । दुईवटा क्लबले गौशालामा फर्निचर सामाग्री, ३ सय ५० वटा गाईहरुलाई भिटामिन तथा मेडिकल सामग्रीहरु सहयोग गरेको हो ।  

    images
    images
    images

    कार्यक्रमा प्रमख अथिति लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका डिष्ट्रिक एक्जुकेटिभ चिफ अर्जुनमान सैजुले लायन्स क्लबहरुले राम्रो काम गरेको आँखा शिविर गर्नुपर्ने बताए । गौशालाका गुरु केशव अधिकारीले क्लबले महत्वपूर्ण कार्य गरेको बताए ।

    रिजन चेयरमेन नारन थापा, जोनचेयरपर्सन बिनेश बज्राचार्य, स्टार्सका अध्यक्ष अन्जिल खान, संसारका अध्यक्ष विकास श्रेष्ठ लगायतले सामग्री हस्तान्तरण गरेका थिए । सामाजिक उत्तरदायित्व अभियान अनुसार यो अभियानमा साथ कामधेनु गौशालामा सहयोग गरिएको संयोजक उमेश श्रेष्ठले बताए । कार्यक्रममा संसारका संथापक अध्यक्ष प्रकाश भट्टराई, स्टार्सका प्रथम उपाध्यक्ष विजय बर्नवाल, तृतीय उपाध्यक्ष विश्वजित कसौधन लगायतले बोलेका थिए ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij