images
images

आइतवार, जेठ ६ गते २०८१

भूमि आयोग खारेजको विरोधमा बुटवलमा एमालेको प्रदर्शन

भूमि आयोग खारेजको विरोधमा बुटवलमा एमालेको प्रदर्शन

images
images
images
शनिवार, श्रावण २३ २०७८
शनिवार, श्रावण २३ २०७८
  • भूमि आयोग खारेजको विरोधमा बुटवलमा एमालेको प्रदर्शन

    बुटवल, २३ साउन ।
    सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको विरोधमा नेकपा (एमाले) का विभिन्न शाखा कमिटीहरुले शनिबार बुटवल क्षेत्रमा प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले सरकारविरुद्ध चर्का नारा लगाएका थिए । सरकारले गत मंगलबार मन्त्रिपरिषद् बैठकबाट एमाले नेतृत्वको सरकारले गठन गरेको देवीप्रसाद ज्ञवाली नेतृत्वको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको थियो । जसको एमाले र उसका भ्रातृ संगठन लगायतले विरोध गरिरहेका छन् । प्रदर्शनमा उत्रिएका भूमिहीन तथा सुकुम्बासीहरूले ‘भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन बदर गर लगायतका नारा लगाएका थिए ।

    images
    images
    images

    बुटवलको मगरघाट, बुटवल–११ देवीनगरको एमाले चोक, बुटवल आँखा अस्पताल, बुटवल वडा नम्बर १२ र १३ लगायतका ठाउँहरुमा शाखा कमिटीहरुले प्रदर्शन र कोणसभा गरेका हुन् ।प्रदर्शनपछि आयोजित आमसभालाई विभिन्न नेताहरूले सम्बोधन गरेका थिए । कोणसभालाई सम्बोधन गर्दै एमाले रुपन्देहीका सह-संयोजक तेजेन्द्र केसीले सरकारले लाखौं भूमिहीनले जग्गा पाउने अधिकार खोसेको भन्दै तत्काल आयोग विघटन बदर गर्न माग गरे । उनले सरकारले लाखौं भूमिहीनले जग्गा पाउने अधिकार खोसेको बताए ।

    कोणसभालाई एमाले बुटवल उपमहानगर कमिटी अध्यक्ष बाबुराम पन्थी, प्रदेश नेता गुरुप्रसाद शर्मा, एमाले रुपन्देहीका सदस्य वसन्त ढकाल, नगर सचिवालय सदस्य शोभाखर पोखरेल, नगरका नेताहरु मेघराज न्यौपाने, गुरु पंगेनी, दिनानाथ भट्टराई, ज्ञानु केसी, राजेन्द्र ढकाल लगायतले पनि सम्बोधन गरेका थिए ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij