images
images

आइतवार, जेठ ६ गते २०८१

प्रारम्भिक द्रुत लेखाजोखा सम्बन्धी एकदिने तालिम

प्रारम्भिक द्रुत लेखाजोखा सम्बन्धी एकदिने तालिम

images
images
images
शनिवार, श्रावण २३ २०७८
शनिवार, श्रावण २३ २०७८
  • प्रारम्भिक द्रुत लेखाजोखा सम्बन्धी एकदिने तालिम

    भैरहवा, २३ साउन ।
    सिद्धार्थनगर नगरपालिकाको संक्रिय विपद् स्वयंसेवकहरुको लागि प्रारम्भिक द्रुत लेखाजोखा (आइआरए) सम्बन्धी एकदिने तालिम कार्यक्रम भैरहवामा सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाको आयोजना, सिद्धार्थनगर नगरपालिकाको समन्वय तथा युएनएफपीएको साझेदारीमा उक्त कार्यक्रम भएको हो ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखाका कार्यवाहक अध्यक्ष दिपक क्षेत्री न्यौपानेले विपद् बाजा बजाएर र निम्तो दिएर नआउने भएकोले पूर्वतयारी आवश्यक रहेको बताए । उनले वर्तमान समयमा  द्रुत गतिमा सेवा प्रदान गर्नुपर्ने आवश्यकता रहेको औल्याए । रेडक्रस सोसाइटी रुपन्देहीका कार्यसमिति सदस्य सुशिल गुरुङले विपद् न्यूनीकरणका लागि स्थानीय सरकार र जनप्रतिनिधिहरुको महत्वपूर्ण भूमिका रहेको बताए ।  

    नेपाल रेडक्रस सोसाइटी सिद्धार्थ उपशाखाका सभापति सञ्जिव शर्मा रेग्मीले विपद्को समयमा सहकार्य गरेर अगाडी बढ्नुपर्ने बताए । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष शेषकान्त भण्डारीले रेडक्रस र नगपालिकाबीच समन्वय र सहकार्य आवश्यक रहेको बताए । कार्यक्रममा रेडक्रस सोसाइटी सिद्धार्थ उपशाखाका उपसभापति बसन्त कुमार लाल कर्ण, बेलहिया उपशाखाका सचिव राकेश गुरुङ लगायतले बोलेका थिए ।

    कार्यक्रममा रेडक्रस सोसाइटी सिद्धार्थ उपशाखाका सचिव तथा आइआरए फोकल पर्सन राजेश जि.सी.ले प्रमुख प्रशिक्षण, जिल्ला शाखा वरिष्ठ अधिकृत कृष्ण मल्ल, आइएफआरसीका कार्यक्रम अधिकृत सुरक्षा भट्टराईले प्रशिक्षण दिएका थिए ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij