images
images

आइतवार, जेठ ६ गते २०८१

वर्तमान सरकारले जनताको सरोकारका विषयमा चासो दिएन : ऐन महर

वर्तमान सरकारले जनताको सरोकारका विषयमा चासो दिएन : ऐन महर

images
images
images
शनिवार, श्रावण २३ २०७८
शनिवार, श्रावण २३ २०७८
  • वर्तमान सरकारले जनताको सरोकारका विषयमा चासो दिएन : ऐन महर

    भैरहवा, २३ साउन ।
    नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का केन्द्रीय अध्यक्ष ऐन महरले कोभिड–१९ संक्रमणको यो समयमा पनि वर्तमान सरकार कानमा तेल हालेर बसेको आरोप लगाएका छन् । उनले परमादेशबाट गठन भएको सरकारले जनताको जनजीवन र सरोकारका विषयसंग कुनै पनि चासो नदिएको बताए । अनेरास्ववियु भैरहवा बहमुखी क्याम्पस कमिटीले शनिबार भैरहवामा आयोजना गरेको निःशुल्क आँखा शिविरको उद्घाटन गर्दै नेता महरले वर्तमान सरकारले आफ्नो स्वार्थपूर्ति गर्नेबाहेक अरु केही गर्न नसकेको बताए । 

    images
    images
    images

    ‘अहिलेसम्म मन्त्रीमण्डल विस्तार गर्न सकेको छैन, दिनप्रतिदिन सरकारले राष्ट्रघाती काम गरिरहेको छ, दार्चुलामा नेपाली नागरिक जयसिंह धामी महाकाली तर्ने क्रममा भारतीय एसएसबीले तुइन काट्दा धामी वेपत्ता भएको अवस्थामा समेत एसएसबीको गल्तीबारे सरकार बोल्दैन, ’उनले भने । प्रत्येक नेपालीको जिउधनको रक्षा गर्ने सरकारको दायित्व र प्रमुख जिम्मेवारी भए पनि सरकारले त्यसो गर्न नसकेको उनको भनाइ थियो ।
    यो सरकार गरीब, भूमिहिन जनताको विरुद्ध रहेको र जनताको अधिकार कुण्ठित गर्ने काम गरेको नेता महरले बताए । संविधान र लोकतन्त्रको रक्षा यो कम्फरटेबल सरकारले गर्न नसक्ने उनले जिकिर गरे । सरकार केवल आफ्नो कुर्सी बचाउने खेलमा लागेको उनले बताए ।

    शैक्षिक गतिविधिहरु सञ्चालन हुन नसकेको बेला अनेरास्ववियु भैरहवा बहुमुखी क्याम्पस कमिटीले कोभिडको महामारीका बाबजुद पनि सक्रियताको अनुपम उदाहरण प्रस्तुत गरेको बताए । उनले जनता र विद्यार्थीको समस्या उजागर गर्दै समाधान गर्न विगतदेखि नै अनेरास्ववियु पहल गर्दै आएको बताए । राजनीतिक परिवर्तनको आन्दोलनमा अनेरास्ववियुलाई क्रियाशिल बनाइएको उनको भनाइ थियो ।

    कोभिड–१९ का कारण शिक्षा क्षेत्र बढी प्रभावित भएको र लाखौ विद्यार्थी पढाइबाट वञ्चित भएको उनले बताए । वैकल्पिक शिक्षाको नाममा सञ्चालिन अनलाइन शिक्षा पनि सबै विद्यार्थीले पढ्न नपाएको उनले बताए ।
    अनेरास्ववियुका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला अध्यक्ष साजन भण्डारीले अनेरास्ववियु जनता र विद्यार्थीको मन जित्न सफल भएको बताए । उनले एमाले जनताको मनमा बस्न सफल भएको बताए । 
    अनेरास्ववियुका केन्द्रीय सदस्य तथा सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ का वडा सदस्य सरोज ठकुरीले विगतका दिनदेखि नै अनेरास्ववियुले रचनात्मक काम गर्दै आएको बताए ।

    अनेरास्ववियु भैरहवा बहुमुखी क्याम्पस कमिटीका अध्यक्ष सागर न्यौपानेको अध्यक्षता, रुपन्देही जिल्ला सदस्य एवं कार्यक्रम संयोजक विवेक भण्डारीको स्वागत तथा क्याम्पस कमिटी सचिव आशिष पन्तको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    IMG_1570.JPG

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij