२०८२, कार्तिक २२ गते

Nov 08 2025 | २०८२, कार्तिक २२ गते

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आह्वान

बिहिवार , श्रावण २१, २०७८

  • 3.9K
    Shares
  • 3.9K
    Shares
  • भैरहवा 

    लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आह्वान भएको छ। लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गते बुधबार दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक आह्वान गरेका प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिए। 

    यसअघि  साउन १८ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ३४ सांसदले मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गराएका थिए । उनीहरुले उक्त अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन पनि बोलाउन प्रदेश प्रमुखसमक्ष माग गरेका थिए ।