२०८३, बैशाख २४ गते

May 07 2026 | २०८३, बैशाख २४ गते

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेल बिरुद्ध अविस्वास प्रस्ताव दर्ता हुदै

मंगलवार , श्रावण १९, २०७८

  • 3.3K
    Shares
  • 3.3K
    Shares
  • बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल बिरुद्ध अविश्वासको दर्ता हुदै छ। विपक्षी गठबन्धनले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न लागेका हुन्। 

    अहिले विपक्षी गठबन्धन प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ताका लागि पुगेको कांग्रेस प्रमुख सचेतक फखरुद्दिन खानले जानकारी दिए। उनले केहि समयभित्रै अविश्वासको प्रस्ताव दर्ता हुने बताएका छन्।

    अल्पमतमा रहेका मुख्यमन्त्री पोखरेललाई पटक पटक राजीनामा दिएर मार्ग प्रश्स्त गर्न बिपक्षीले माग गरेपनि अटेरी गरेपछि पुन अबिस्वास प्रस्ताव दर्ता गर्न लागिएको बिपक्षी गठबन्धनले जनाएको छ।