images

आइतवार, बैशाख २३ गते २०८१

साईक्लिङ जलापर्ण सम्पन्न

साईक्लिङ जलापर्ण सम्पन्न

images
images
images
सोमवार, श्रावण १८ २०७८
सोमवार, श्रावण १८ २०७८
  • साईक्लिङ जलापर्ण सम्पन्न

    बुटवल, १८ साउन ।
    साईक्लिङमार्फत धार्मिक पर्यटन प्रवद्र्घन गर्ने उदेश्यका साथ रुपन्देहीमा पाँच वटा क्लबहरुले सामूहिक रुपमा जलापर्ण कार्यक्रम गरेका छन् । बुटवल युनाइटेड साईक्लिङ क्लब, तिनाउ साईक्लिङ क्लब, साईकल सिटी बुटवल, साईकल साथी सैनामैना, बुटवल साईकल ग्रुपका राईडरहरुले कपिलवस्तुको धार्मिक स्थल लक्ष्मणघाटदेखि रुपन्देहीको पर्रोहा परमेश्वर धामसम्मको साईक्लिङ गर्दै जलापर्ण सम्पन्न गरेका छन् । 

    श्रावणी र साईक्लिङको महत्वलाई बुझाउन कार्यक्रम गरिएको कार्यक्रम संयोजक तथा तिनाउ साईक्लिङ क्लबका अध्यक्ष अर्जुन गुरुङले बताए । बुटवल कालिकानगर शिवालय मन्दिरबाट बिहान ४ बजे सुरु भएको साईकल यात्रा ८ बजे कपिलवस्तुको लक्ष्मणघाट पुगेको थियो । 

    राईडरहरुले पूजापाठ र जल लिएर सैनामैना पर्रोहा परमेश्वर धाममा जलापर्ण गरेर कार्यक्रम समापन गरिएको थियो । रुपन्देही र कपिलस्तुका ६० जना राईडरहरु सहभागि भएको कार्यक्रममा करिब १ सय किलोमिटर दुरी साईकलमार्फत पूरा गरिएको उनले बताए । साईकल साथी सैनामैनाका अध्यक्ष गगन रानाले स्थानीय पर्यटकीय क्षेत्रहरुको पहिचान गराउने एउटा माध्यम साईकल बन्न सक्ने बताए । यात्रालाई विभिन्न चोकचोकमा स्थानीयहरुले स्वागत गरेका थिए । कपिलवस्तुको चार नम्बरमा स्थानीय साईकल साथीहरुको समुहले टिका र प्रसाद पानीबाट स्वागत गरेका थिए । 

    बुटवल युनाईटेड साईक्लिङ क्लबका अध्यक्ष उत्तम श्रेष्ठ, सचिव राजु तिवारी, कोषाध्यक्ष डम्बर तिवारी, ह्याप्पी क्लबका सल्लाहकार गणेश श्रेष्ठ, रबिलाल सुवेदीले मोफसलमा साईकल संस्कृति विकास भएको बताए । धार्मिक यात्रामा आर्थिक भौतिक सहयोग गरेका बुटवलमा उद्योगी ब्यापारी तथा समाजसेवीहरु चन्द्र प्रकाश पौडेल, कपिल खड्का, नित्यानन्द ज्ञवाली, रुद्र भण्डारी, गोपाल घिमिरेलाई पत्रकार सम्मेलनमा दोसल्ला र सम्मानपत्रबाट सम्मान गरिएको थियो ।

    images
    images
    images

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij