२०८२, माघ १ गते

Jan 15 2026 | २०८२, माघ १ गते

बालबालिकालाई नगद, पौष्टिक आहार तथा स्वास्थ्य सामाग्री प्रदान

आइतवार , श्रावण १७, २०७८

  • 3.5K
    Shares
  • 3.5K
    Shares
  • भैरहवा १७ साउन। गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद अमेरीकाज क्षेत्रले रुपन्देहीमा बालबालिकालाई सहयोग गरेको छ। 

    स्थानिय आशाज्योती सहयोग समुहको स‌याेजनमा ए आर टी सेवा लिईरहेका बालबालिकाहरुलाई नगद, पौष्टिक आहार, माक्स तथा सेनिटाईजर वितरण गरेको हो। भेरहवा स्थित पिस नाईट होटलमा सम्पन्न कार्यक्रममा रूपन्देहीका ३० जना बालबालिकालाई सहयोग बितरण गरिएको एन आर एन आइसिसि तृष्णा शर्माले जानकारी दिईन। 

    बालबालिकालाई नेपाली काग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश सभा सदस्य रमा अर्यालले उक्त सामाग्री हस्तान्त्रण गरेकी हुन्। उनले गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद अमेरीकाज क्षेत्रले प्रशंशनिय कार्य गरेको भन्दै खुसी व्यक्त गरिन। 

    जिल्लाका विभिन्न ठाउका ए आर टी सेवा लिईरहेका २ वर्ष भन्दा माथिका ३० जना बालबालिकाहरुलाई खाद्यन्न, चामल सोयाविन, चिनी, दाल, तेल, सर्वोतम पिठो, चना अण्डा, भुजा, फलफुलका साथै स्वास्थय सामाग्रीमा माक्स र सेनिटाईजर वितरण गरिएको शर्माले जानकारी दिईन। 

    उनले बालबालिकालाई सहयोग गर्न पाउदा आफुलाई निकै खुसी महसुस भएको उल्लेख गर्दै आगामि दिनमा पनि सहयोग जारी राख्ने बताईन। 

    3.jpg