images

शुक्रवार, बैशाख २१ गते २०८१

एकदिने लियो अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

एकदिने लियो अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

images
images
images
आइतवार, श्रावण १७ २०७८
आइतवार, श्रावण १७ २०७८
  • एकदिने लियो अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    भैरहवा, १७ साउन ।
    लियो क्लब अफ सिद्धार्थनगर युथको आयोजनामा एकदिने अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम शनिबार भैरहवामा सम्पन्न भएको छ । लियो क्लबमा आबद्ध भइसकेपछि यसको बारेमा जानकारी लिएर समाजसेवामा अगाडी बढ्न थप सहयोग पुगोस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक अखिलेश गुप्ताले बताए ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि लियो जिल्ला परिषद ३२५ बी २ नेपालका उपाध्यक्ष एम.डी. न्यौपानेले लियोले अरुसंग मिलेर स्वयंसेवा मात्र होइन आफै समाजसेवामा लाग्न सक्छ भन्ने स्थापित भइसकेको बताए । उनले विश्वमा नै लियो क्लबको छुट्टै महत्व रहेको बताए । लियो क्लब अफ सिद्धार्थनगर युथले रचनात्मक कार्यहरुलाई अगाडी बढाउँदै आएको उनको भनाइ थियो । लियो सिद्धार्थनगर युथका संस्थापक अध्यक्ष रविकान्त उपाध्यायले कुनै पनि संस्थामा लागिसकेपछि संस्थाको बारेमा बुझ्न आवश्यक रहेको बताए । उनले स्थापना कालदेखि नै क्लबले यस क्षेत्रमा छुट्टै पहिचान स्थापित गर्न सफल भएको बताए । क्लबका सल्लाहकार तथा लायन्स क्लब अफ सिद्धार्थनगर युथका पूर्व अध्यक्ष विनय कसौधनले लियो सिद्धार्थनगर युथले गरेका कार्यहरु राम्रो भएको बताए । उनले हरेक परिस्थितिमा सहयोग गर्न क्लब तयार अवस्थामा हुनुपर्ने बताए । 

    लियो सिद्धार्थनगर युथका निवर्तमान अध्यक्ष विकास यादवले अभिमुखीकरण कार्यक्रममा सिकेका कुराहरु व्यवहारमा उतारेर समाजसेवामा अगाडी बढ्न आग्रह गरे । उनले क्लबमा नयाँ सदस्यहरु जोड्न पनि ध्यान दिनुपर्ने बताए ।

    लियो सिद्धार्थनगर युथ वर्ष २०२१/२२ का अध्यक्ष अनुराग पाण्डेको अध्यक्षता, कार्यक्रम संयोजक अखिलेश गुप्ताको स्वागत, भुमिका अर्यालको ध्वजा अभिवादन, प्रेम पन्थीको लियो प्रण तथा सचिव सेजल मल्लिकको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।  लियो जिल्ला परिषद ३२५ बी २ नेपालका पूर्व अध्यक्ष सरोज कंडेलले कार्यक्रमको सहजीकरण गरेका थिए ।

    त्यस्तै क्लबले सडकका कुकुरहरुलाई खुवाउने अभियानको समेत थालनी गरेको छ । सडकमा रहेका कुकुरहरुलाई क्लबले एक महिना खानेकुरा उपलब्ध गराउने कार्यक्रम संयोजक विशाल कुमार वैश्यले बताए । ‘न्यूनतम एक महिना खुवाउने कार्यक्रम छ, यो अभियान एक वर्षसम्म सञ्चालन गर्ने सोच बनाएका छौं, ’कार्यक्रम संयोजक वैश्यले भने । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij