२०८३, आषाढ ३१ गते

Jul 15 2026 | २०८३, आषाढ ३१ गते

जनउत्थान सहकारीको आयोजनामा रक्तदान

शनिवार , श्रावण १६, २०७८

  • 3.3K
    Shares
  • 3.3K
    Shares
  • भैरहवा, १६ साउन ।
    जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेड तिलोत्तमा १५ कोटिहवा, रुपन्देहीको आयोजनामा शनिबार संस्थाको केन्द्रीय कार्यालय कोटिहवामा ३४ औं खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ३७ जनाले रक्तदान गर्नुभएको संस्थाका व्यवस्थापन रन बहादुर थापाले जानकारी दिए ।

    जनउत्थान सहकारीका अध्यक्ष ज्ञानु पौड्यालको अध्यक्षता, संस्थाका कानूनी सल्लाहकार अधिवक्ता शिव प्रसाद गौडेलको प्रमुख आतिथ्यता, कोषाध्यक्ष विष्णु माया कुवरको स्वागत तथा सचिव सरु रानाको सञ्चालनमा सम्पन्न कार्यक्रममा लेखा सुपरीवेक्षक समितिका लेखा संयोजक अनिल थापा श्रीसले बोलेका थिए ।