images

शुक्रवार, बैशाख १४ गते २०८१

लुम्बिनी प्रदेश : तीनदिन पछि थाहा पाए मुख्यमन्त्रीले  नयाँ प्रदेश प्रमुख आएको 

लुम्बिनी प्रदेश : तीनदिन पछि थाहा पाए मुख्यमन्त्रीले  नयाँ प्रदेश प्रमुख आएको 

images
images
images
शनिवार, श्रावण १६ २०७८
शनिवार, श्रावण १६ २०७८
  • लुम्बिनी प्रदेश : तीनदिन पछि थाहा पाए मुख्यमन्त्रीले  नयाँ प्रदेश प्रमुख आएको 

    बुटवल, १६ साउन । 
    लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचन बुटवल आए, शुक्रबार बिहान पदभार ग्रहण गरे । पदभार ग्रहण कार्यक्रममा प्रदेश प्रमुख कार्यालयका कर्मचारीहरु, पत्रकारहरु र विपक्षी राजनैतिक दलका नेता तथा कार्यकर्ताहरु मात्र उपस्थित थिए । प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीहरु र सत्तापक्षका सांसदहरुसमेत अनुपस्थित रहेको प्रदेश प्रमुखको पदभारग्रहण कार्यक्रममा सत्ता पक्षका कुनै पनि प्रतिनिधि सहभागि भएनन् । यसलाई सत्तापक्षको अघोषित बहिस्कारको रुपमा लिएर चारैतिर विभिन्न चर्चा परिचर्चा हुन थालेपछि आज बिहान मात्र मुख्यमन्त्री शंकर पोखरेल प्रदेश प्रमुखको कार्यालय पुगेका छन् ।

    images

    मुख्यमन्त्री पोखरेल आज आन्तरिक मामिला तथा कान्ुन मन्त्री चेतनारायण आचार्य लगायतका केही सत्तापक्षका नेता कार्यकर्तासहित प्रदेश प्रमुखको कार्यालय पुगेर नयाँ प्रदेश प्रमुख शेरचनलाई स्वागत गरेका थिए । सो अवसरमा मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले गत साढे ३ बर्षमा हासिल गरेका उपलब्धिहरुका बारेमा चर्चा गरेका थिए ।

    लुम्बिनी प्रदेशमा केही महिनायता सत्तापक्ष र प्रतिपक्षबीच प्रदेश सभाका सदस्यहरुको बहुमत र अल्पमतको विषयलाई लिएर पक्षविपक्षमा चर्काचर्की चलेको छ । प्रदेश सभामा रहेको कुल ८३ सदस्य संख्यामध्ये नेकपा एमालेसंग ३८, नेपाली कांग्रेससँग १९, नेकपा (माओवादी केन्द्र) संग सभामुखसमेत १९, जसपासंग उपेन्द्र यादव पक्ष ३ र महन्थ ठाकुर पक्ष ३ गरी जम्मा ६ जना र राष्ट्रिय जनमोर्चासंग १ जना छन् ।

    यता एमालेका ३८ र जसपाका ४ प्रदेश सभा सदस्यसहित ४२ जनाको मतसहित सरकार गठन गरेका मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकारबाट जसपाका सुमन शर्मा रायमाझीले राज्यमन्त्री पदबाट राजीनामा दिई जसपा यादव पक्षमा फर्किसकेकी छन् । अब प्रदेश सभामा सत्तापक्ष र विपक्ष गठबन्धनसंग बराबर ४१–४१ मत छ। तसर्थ सरकार अल्पमतमा रहेको भन्दै बिपक्षीहरुले तत्काल विश्वासको मत लिन वा राजीनामा दिन मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकारलाई दवाव दिइरहेका छन् ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij