२०८२, श्रावण १७ गते

Aug 02 2025 | २०८२, श्रावण १७ गते

कोभिडविरुद्ध सचेतना जगाउँदै रोटरी डाउनटाउन 

शुक्रवार , श्रावण १५, २०७८

बुटवल, १५ साउन ।
रोटरी क्लब अफ बुटवल डाउनटाउनले कोभिड–१९ संक्रमणबाट बच्न सचेतना कार्यक्रम गरेको छ । क्लबको अगुवाइमा रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउन, रामापिथेकस, सिनर्जी, इन्ट्रयाक्ट क्लब अफ स्कलर्स होम, गार्गी एकेडेमीको आयोजना शुक्रबार लुम्बिनी प्रादेशिक अस्पताल गेट अगाडि औपचारिक कार्यक्रम गरेको हो ।  हेलचेक्राई गर्दा संक्रमणको डर भएकाले कार्यक्रम गरिएको क्लबका अध्यक्ष जविन कक्षपतिले बताए । सामाजिक उत्तरदायित्व अन्तरगत यो कार्यक्रम गरिएको उनले बताए । 

कोभिड रोक्ने उपाय भनेकै मास्क लगाउने, हात धुने र दुरी कायम गर्नुबाहेक विकल्प नरहेकाले पनि यसलाई पालना गर्नुपर्ने उनले बताए । विभिन्न स्लोगन लेखिएका प्लेकार्डसहित माईकिङसहित मास्क र सेनिटाईजर वितरण गरी कार्यक्रम गरिएको थियो । 

कार्यक्रमको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक योगेन्द्र सिंह थापाले औपचारिक उद्घाटन गरेका थिए । शहरी क्षेत्रमा नागरिकहरुबाट लापरवाही बढिरहेको भन्दै यसले संक्रमणको दर बढाउने डर रहेको उनले बताए । 

कार्यक्रममा इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायक उपरीक्षक मदन कुवर, क्लबका एसाईन एजी नारायण पन्थ, एजी जीवन अधिकारी, निवर्तमान अध्यक्ष पंकज ज्ञवाली, भिमराज श्रेष्ठ, सचिव बाबुराम बन्जाडेले आफू सुरक्षित भए समाज र देश सुरक्षा हुने दावी गरे । क्लबमा युवाहरु गोलपार्क, मिलनचोक ट्राफिक चोक लगायत क्षेत्रमा माईकिङ र मास्क वितरण गरेका थिए ।