२०८३, बैशाख १२ गते

Apr 25 2026 | २०८३, बैशाख १२ गते

उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त

आइतवार , श्रावण १०, २०७८

  • 4.0K
    Shares
  • 4.0K
    Shares
  • काठमाडौँ, १० साउन ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीमा नियुक्त गरेकी छन्।  नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम उनले प्रधानमन्त्री शेरबहादुर देउवाका सिफारिसमा नेपाली कांग्रेसका सांसद श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।  

    राष्ट्रपतिले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीसँगै रहनेगरी गत असार २९ गते गठित मौजुदा मन्त्रिपरिषद्मा प्रतिनिधिसभा सदस्य श्रेष्ठलाई सो मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ ।