images
images

शुक्रवार, जेठ ४ गते २०८१

रोट्रयाक्ट क्लब भैरहवाको अध्यक्षमा लक्ष्मण रेग्मी

रोट्रयाक्ट क्लब भैरहवाको अध्यक्षमा लक्ष्मण रेग्मी

images
images
images
शनिवार, श्रावण ९ २०७८
शनिवार, श्रावण ९ २०७८
  • रोट्रयाक्ट क्लब भैरहवाको अध्यक्षमा लक्ष्मण रेग्मी

    भैरहवा, ९ साउन ।
    रोट्याक्ट क्लब अफ भैरहवाको पाँचौ पदस्थापन समारोह तथा धन्यवाद ज्ञापन कार्यक्रम शुक्रबार भैरहवामा सम्पन्न भएको छ । कार्यक्रममा वर्ष २०२१/२२ का अध्यक्ष लक्ष्मण रेग्मी तथा क्लबका पदाधिकारी र कार्यसमिति सदस्यहरुलाई पदस्थापन गरिएको थियो । अध्यक्ष रेग्मीलाई रोट्रयाक्ट क्लब अफ भैरहवाका संस्थापक अध्यक्ष तथा रोटरी ३२९२ नेपाल एण्ड भुटान वर्ष २०२१/२२ का डीआरआर इन्भोय पीएचएफ प्रकाश शर्माले क्लबका वर्ष २०२१/२२ का अध्यक्ष लक्ष्मण रेग्मीलाई सपथ ग्रहण गराएका थिए । त्यस्तै अध्यक्ष रेग्मीले क्लबका पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए ।

    images
    images
    images

    वर्ष २०२१/२२ को निवर्तमान अध्यक्षमा सरिता राना, प्रथम उपाध्यक्षमा अंकित पौडेल, द्धितीय उपाध्यक्षमा प्रविन राना, सचिवमा आशिक श्रेष्ठ, कोषाध्यक्षमा करिम खान, सर्जेन्ट एट आमर्स एण्ड एडिटरमा प्रदिप यादव, क्लब सर्भिस डाइरेक्टरमा आकाश बस्याल, कम्युनिटी सर्भिस डाइरेक्टरमा सिजन क्षेत्री, प्रोफेसनल सर्भिस डाइरेक्टरमा संजना क्षेत्री, इन्टरनेशनल सर्भिस डाइरेक्टरमा प्रवेज अहमद, रोट्याक्ट प्रमोशन अफिसरमा स्वेता के.सी. र पार्टनर इन सर्भिस कोर्डिनेटरमा नोबल आचार्य रहेका छन् । त्यस्तै क्लबको सल्लाहकारमा सञ्जिव शर्मा रेग्मी, उमेश आचार्य र किरन सापकोटा रहेका छन् ।

    कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले रोटरी र रोट्रयाक्टले गरेका सामाजिक कार्यका कारण समाजका विपन्न परिवार लाभान्वित भएको बताए । उनले कोभिड महामारीमा रोटरी र रोटयाक्ट क्लबले महत्वपूर्ण योगदान पुर्याएको बताए । कार्यवाहक अध्यक्ष विष्टले भने, ‘मिडिया हरेक क्षेत्रसंग जोडिन्छ, क्लबको कार्यक्रमलाई मिडियाले प्राथमिकतामा राख्छ ।’ क्लबको अभियामा मिडियाले सहयोग गर्ने उनले बताए । समाजमा आफूलाई स्थापित गर्न क्लबले सहयोग गर्ने बताए । उनले महामारीमा अवसर र चुनौती दुवै रहेको बताए । क्लबले गरेका काम राष्टका लागि फलदायी हुने उनले विश्वास व्यक्त गरे । समाजमा केही गर्नेहरुका लागि अवसर रहने बताए । समाजले निश्चय नै सेवाको मुल्यांकन गर्ने उनको भनाइ छ । 

    विशिष्ट अतिथि प्रकाश शर्माले वर्ष २०२०/२१ को टिमले गरेको कामले वर्ष २०२१/२२ को कार्यकाल अझ सफल हुने बताए । उनले लक्ष्मण रेग्मीको नेतृत्वको कार्यकाले क्लबको गरिमा अझ उच्च राख्ने अपेक्षा राखिएको बताए । केही अफठ्यारो भए आफू सहयोग गर्न तयार रहेको उनको भनाइ थियो ।

    रोटरी क्लब अफ भैरहवा वर्ष २०२१/२२ का अध्यक्ष चक्रमणि आचार्यले वर्ष २०२१/२२ मा रोट्रयाक्ट क्लब भैरहवाले रचनात्मक कार्यलाई अगाडी बढाउने विश्वास व्यक्त गरे । रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीका निवर्तमान अध्यक्ष तथा जोन १८ का जेडआरआर बाबुराम खनाल (अतित)ले रोटयाक्टप्रति आकर्षण बढ्दै गएको बताए । 

    रोटरी ३२९२ नेपाल–भुटान जोन २५ वर्ष २०२१/२२ का एसिसटेन्ट गभर्नर कृष्ण पाण्डेले समाजमा परिचित हुन सेवा गर्नुपर्ने बताए । रोटरी ३२९२ नेपाल–भुटान इन्टरनेशनल सर्भिस डाइरेक्टर मनिषा श्रेष्ठले कोभिड महामारीमा पनि रोट्रयाक्ट क्लब अफ भैरहवाले विभिन्न रचनात्मक कार्यहरु गरेको बताइन् ।

    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका कार्यवाहक अध्यक्ष ठाकुरकुमार श्रेष्ठले भैरहवामा रहेको भीम अस्पताललाई सुविधासम्पन्न अस्पतालको रुपमा विकास गर्न यस क्षेत्रका संघ–संस्थाले लगानी गर्नुपर्ने र त्यसका लागि सिद्धार्थ उद्योग वाणिज्य संघले सहयोग गर्ने बताए ।

    रोटरी क्लब अफ भैरहवाका पूर्व अध्यक्ष तथा रोट्याक्ट क्लब अफ भैरहवाका सल्लाहकार सञ्जीव शर्मा रेग्मीले वर्ष २०२१÷२२ मा ५२ वटा कार्यक्रम गर्न सफल क्लबले उदाहरण प्रस्तुत गरेको बताए ।
    रोट्याक्ट क्लब अफ लुम्बिनी सिद्धार्थनगरका पूर्व अध्यक्ष तथा रोटरी ३२९२ नेपाल–भुटान वर्ष २०२०÷२१ का एडीएलटी दिनेश अग्रवालले रोटयाक्ट क्लब भैरहवाले छोटो समयमा धेरै काम गर्न सफल भएको बताए ।

    रोटरी क्लब अफ भैरहवाका वर्ष २०२०/२१ का अध्यक्ष सरिता रानाले आफ्नो कार्यकालमा ५२ वटा कार्यक्रममा गर्न सफल भएको बताइन् । क्लबका वर्ष २०२१/२२ का अध्यक्ष लक्ष्मण रेग्मीले समाज र राष्ट्रको लागि असल नागरिकको परिचय दिने गरी अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे ।



    IMG_0418.jpgIMG_0139.jpg

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij