२०८२, श्रावण १० गते

Jul 26 2025 | २०८२, श्रावण १० गते

महिलाहरुको लगानीमा तिलोत्तमामा महिला तथा बालबालिका अस्पताल बन्ने

शनिवार , श्रावण ९, २०७८

भैरहवा। रुपन्देहीको तिलोत्तमामा महिला तथा बालबालिका मैत्री अस्पताल बन्ने भएको छ। तिलोत्तमा बडा नम्बर ४ भक्तपुर टोलमा निर्माण हुने अस्पतालको लुम्बिनी प्रदेशका उद्योग मन्त्री कल्पना पाण्डे लम्सालले सिलन्यास गरिन। 

आगामि ७ महिना भित्र सञ्चालनमा ल्याउने गरी निर्माण शुरु गरिएको उक्त अस्पतालमा २० जना सेयर सदस्य रहेका छन्। महिला अस्पतालमा महिलामात्रै सेयर सदस्य रहेका छन्। 

पहिलो चरणमा १५ बेडको अस्पताल निर्माण गर्ने गरी काम अगाडि बढाईएको सस्थाका प्रबन्ध निर्देशक कमला मल्ल हमालले जानकारी दिईन। अस्पतालमा ३ करोड बढीको लगानी रहने उनले जानकारी दिईन्। 

अस्पताल महिला जनशक्तिबाट सुचारु गर्ने गरी जनशक्ति व्यवस्थापन गरिने सचिव उमा अर्यालले जानकारी दिइन। सो अबसरमा बोल्दै मन्त्री लम्सालले अस्पतालको बिकासका लागि सक्दो सहयोग गर्ने बताईन। उनले निर्माण हुने अस्पतालले महिला र बालबालिकाका लागि उत्कृष्ट सेवा प्रदान गर्नु पर्नेमा जोड दिईन।