बिहिवार , श्रावण ७, २०७८
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधब पक्षलाई आम माफी दिने घोषणा गरेका छन्। ललितपुरमा पुष्पलाल प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले बाटो बिराएकाहरु पार्टीमा फर्कीए आममाफी दिने बताएका हुन्।
अध्यक्ष ओलीले एमाले कसैले औला ताक्दैमा कुहीने काक्राका चिचिलो नभएको बताएका छन्। उनले भने “यो स्वार्थीहरुको गठबन्धन होइन, यो पुष्पलाल , मदनभण्डारी जस्ता आदर्श व्यक्तीत्वबाट प्रशिक्षित आन्दोलन हो।”उनले भने, “कम्युनिष्ट पार्टीमा नेतृत्व माथी घेराबन्दी गर्ने शिलशिला पुरानै हो। विगतमा पुष्पलाललाई पनि आफ्नैले घेराबन्दी गरेका थिए र अहीले पनि त्यो शिलशिला कायमै छ।”
अध्यक्ष ओलीले भने, “आजको नेकपा एमालेले यो शिलशिलाको अन्त्य गर्नेछ, पुष्पलाल र मदन भण्डारीले अघि सारेका विचारका आधारमा आन्दोलनलाई फेरी सहि दिशामा अघि लान्छौँ।” रासस
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij