२०८२, माघ ४ गते

Jan 18 2026 | २०८२, माघ ४ गते

प्रधानमन्त्री देउवा र नेताहरुसँग प्रचण्डको भेट

मंगलवार , श्रावण ५, २०७८

  • 3.1K
    Shares
  • 3.1K
    Shares
  • काठमाडौँ, ५ साउन । 

    प्रधानमन्त्री शेरबहादुर देउवासँग आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गरेका छन् । उनले सरकारलाई प्रभावकारी ढङ्गबाट अगाडि बढाउन छलफल थालेका  हुन् । 

    त्यस क्रममा अध्यक्ष दाहालले सरकारको साझा न्यूनतम् कार्यक्रम बनाएर अगाडि बढ्ने विषयमा छलफल गरेका थिए । 

    उनीहरुबीच गठबन्धनमा सहभागी दलको भावनाअनुसार साझा न्यूनतम कार्यक्रम बनाएर सरकारलाई गतिदिने विषयमा छलफल भएको अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । 

    देउवासँगको भेटअघि अध्यक्ष दाहालले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग नेता नेपालको निवास कोटेश्वरमा छलफल गरेका थिए । 

    नेता त्रयबीच भएको भेटमा केपी शर्मा ओली सरकारले असंवैधानिक ढङ्गबाट गरेका राजनीतिक नियुक्तिहरु खारेज गर्ने विषयमा छलफल भएको जानकारी सापकोटाले दिए । रासस