२०८२, फाल्गुण २२ गते

Mar 06 2026 | २०८२, फाल्गुण २२ गते

पुनस्थापीत प्रतिनिधिसभाको पहिलो बैठक सुरु 

आइतवार , श्रावण ३, २०७८

  • 3.3K
    Shares
  • 3.3K
    Shares
  • काठमाडौँ, ३ साउन 

    पुनस्थापीत प्रतिनिधिसभाको पहिलो बैठक सुरु भएको छ।

    गत जेठ ७ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी थिइन् । तर सर्वोच्च अदालतले गत असार २८ प्रतिनिधिसभा   पुनःस्थापना गर्दै  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो।

    सर्वोच्चल अदालतले प्रतिनिधिसभा पुनस्थापना गर्दै प्रतिनिधिसभाको बैठकले बोलाउन दिएको आदेश बमोजिम  यो पहिलो बैठक हो ।

    आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भनी  प्रतिनिधिसभाको आजै बस्ने दोस्रो वैठकमा निर्णयार्थ प्रस्तुत प्रस्ताव प्रस्तुत गर्नेछन् ।