२०८२, माघ ४ गते

Jan 18 2026 | २०८२, माघ ४ गते

प्रधानमन्त्रीलाई विश्वासको मत दिन नेता खनालको आग्रह

आइतवार , श्रावण ३, २०७८

  • 3.2K
    Shares
  • 3.2K
    Shares
  • काठमाडौँ, ३ साउन ।

    नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन पार्टीका सांसदलाई आह्वान गरेका छन् ।स्वास्थ्योपचारका लागि भारतको नयाँदिल्लीमा रहनुभएका पूर्व प्रधानमन्त्री खनालले आज एक विज्ञप्ति जारी गरी प्रतिनिधिसभा विघटन भएको स्थितिमा संसद् जोगाउन आफूहरुसमेतको सहभागितामा सर्वाेच्च अदालतमा रिट निवेदन दिइएकामा गत असार २८ गते पुनस्थापना हुने फैसला भएकाले प्रतिनिधिसभालाई जोगाउन लाग्नुपर्ने जनाएका  हुन् ।

    नेपाली कांग्रेसका सभापति देउवा नेतृत्वको सरकारलाई प्रतिनिधिसभाको बाँकी कार्यकाल सञ्चालन हुन दिनुपर्ने अन्यथा मुलुकको स्थिति सङ्कटग्रस्त हुने विज्ञप्तिमा जनाइएको छ । नेता खनाल, वरिष्ठ नेता माधवकुमार नेपालसहितको २३ सांसदले देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा समर्थन गर्दै आआएका छन् । नेता खनालले वैचारिक र राजनीतिक एकतासहित गत असार २७ गतेको कार्यदलको १० बुँदे सहमति बमोजिम विधिपूर्वक एमालेलाई एकताबद्ध बनाउन पनि उनले आह्वान गरेका छन् । एमालेले संस्थागतरुपमा संसद्मा प्रतिपक्षमा रहने निर्णय गरिसकेको छ । रासस