images

सोमवार, बैशाख १७ गते २०८१

रोटरी सेन्ट्रल लुम्बिनीको अध्यक्षमा डा. शत्तदल चौधरी

रोटरी सेन्ट्रल लुम्बिनीको अध्यक्षमा डा. शत्तदल चौधरी

images
images
images
आइतवार, श्रावण ३ २०७८
आइतवार, श्रावण ३ २०७८
  • रोटरी सेन्ट्रल लुम्बिनीको अध्यक्षमा डा. शत्तदल चौधरी

    भैरहवा, ३ साउन ।
    रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीको छैठौं पदस्थापन समारोह शनिबार तिलोत्तमाको मणिग्राममा सम्पन्न भएको छ । कार्यक्रममा वर्ष २०२१/२२ को अध्यक्षमा निर्वाचित डा. शतदल चौधरीलाई रोटरी इन्टरनेशनल ३२९२ जोन २५ का एसिटेन्ट गभर्नर देवी गुरुङले सपथ ग्रहण गराइन् । त्यस्तै अध्यक्ष डा. चौधरीले वर्ष २०२१/२२ का पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए । वर्ष २०२१/२२ को निवर्तमान अध्यक्षमा हिरा बहादुर शाह, प्रेसिडेन्ट इलेक्टमा शिव गौडेल, प्रेसिडेन्ट नोमिनीमा राम बहादुर कोइरी, प्रथम उपाध्यक्षमा गोविन्द ज्ञवाली, द्वितीय उपाध्यक्षमा उर्मिला सिलवाल, सचिवमा कृष्ण प्रसाद अधिकारी, सहसचिवमा विना भण्डारी, कोषाध्यक्षमा प्रभात सिंह कार्की, सह–कोषाध्यक्षमा दिपक अधिकारी र सर्जेन्ट एट आम्र्समा गोपाल भण्डारी रहेका छन् ।

    images

    त्यस्तै क्लब एडमीन चेयरमा अनिल कुमार गुप्ता, मेम्बरसिप चेयरमा दिनेश पौडेल, टीआरएफ चेयरमा विकास गोयनका, पब्लिक इमेज चेयरमा राम अर्याल, सर्भिस प्रोजेक्ट चेयरमा प्रियाबन्धु न्यौपाने,  टिच कमिटी चेयरमा बासु बादल, सल्लाहकारमा जीवन अर्याल, क्लब मेन्टरमा प्रेमराज शर्मा लोहनी, निर्देशकमा कृष्ण प्रसाद पाण्डे, क्लब टे«नरमा विक्रम मल्ल, क्लब एडिटरमा शान्ति शर्मा, ज्वाइन्ट एडिटरमा सुर्दशन पौडेल, इभ्यालुयसन कमिटी चेयरमा विमल सेञ्चुरी र फाइनान्सीयल एक्टीभिटी चेयरमा गौतम गुप्ता रहेका छन् ।

    कार्यक्रममा भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रमुख अतिथि रोटरी इन्टरनेशनल ३२९२ नेपाल–भुटानका डिष्ट्रिक गभर्नर सन्तोष रिजालले क्लबको उद्देश्य पुरा गर्न टीम वर्क आवश्यक रहेको बताए । उनले हिरा बहादुर शाह नेतृत्वको वर्ष २०२०/२१ ले उत्कृष्ट कामहरु गरे झैं अब वर्ष २०२१/२२ ले पनि विभिन्न रचनात्मक कार्यहरुलाई निरन्तरता दिनुपर्ने बताए ।

    विशिष्ट अतिथि रोटरी इन्टरनेशनल ३२९२ नेपाल–भुटानका डिष्ट्रिक गभर्नर नोमिनी राजेन्द्र ध्वजुले हिरा बहादुर शाह नेतृत्वको रोटरी क्लब सेन्ट्रल लुम्बिनी वर्ष २०२०/२१ टीमले धेरै राम्रो काम गरेको बताए । उनले कोभिड–१९ को विषम परिस्थितिमा पनि रोटरीले धेरै काम गर्न सफल भएको बताए ।

    रोटरी इन्टरनेशनल ३२९२ जोन २५ का एसिटेन्ट गभर्नर देवी गुरुङले क्लबको वर्ष २०२१/२२ टिमले क्लबमा धेरै नयाँ सदस्यहरु जोड्ने विश्वास व्यक्त गरिन् । उनले वर्ष २०२१/२२ चुनौतीपूर्ण कार्यकाल भएको बताइन् । रोटरी इन्टरनेशनल ३२९२ जोन २५ का एसिटेन्ट गभर्नर तथा रोटरी सेन्ट्रल लुम्बिनीका पूर्व अध्यक्ष कृष्ण पाण्डेले रोटरी सेन्ट्रल लुम्बिनी गर्व गर्न लायक क्लब भएको बताए ।

    IMG_0736.jpg

    रोटरी क्लब सेन्ट्रल लुम्बिनीका संस्थापक अध्यक्ष विमल सेञ्चुरीले क्लबलाई चिनाउन हिरा बहादुर शाह नेतृत्वको टिमले महत्वपूर्ण कार्य गरेको बताए । रोटरी सेन्ट्रल लुम्बिनीका पूर्वअध्यक्ष तथा रिजन ५ का टे«निङ कमिटी चेयर खिम बहादुर कार्कीले रोटरी सेन्ट्रल लुम्बिनीले उत्कृष्ट कार्य गरेको बताए । रोटरी पाष्ट एसिस्टेन्ट गभर्नर हरि पौडेलले क्लबले राम्रो काम गर्दा खुशीको अनुभुति भएको बताए ।

    रोटरी क्लब अफ भैरहवा वर्ष २०२१/२२ का अध्यक्ष चक्रमणि आचार्यले वर्ष २०२१/२२ को टिमलाई सफल कार्यकालको शुभकामना दिए । रोटरी जोन २३ का एसिसटेन्ट गभर्नर नारायण पन्थले क्लबले वर्ष २०२१/२२ मा रचनात्मक कार्य गरेको बताए ।रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगर वर्ष २०२१/२२ का अध्यक्ष राजनजंग राणाले रोटरी सेन्ट्रल लुम्बिनीले निकै राम्रा काम गरेको बताए ।

    रोटरी क्लब अफ  सेन्ट्रल लुम्बिनी वर्ष २०२०/२१ का अध्यक्ष हिरा बहादुर शाहले रोटरी क्लबले गरेका कार्यक्रमहरुबाट सिक्न जरुरी रहेको बताए । उनले पीडित परिवारको सेवा गर्न पाउँदा खुशीको अनुभुति भएको बताए । रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनी वर्ष २०२१/२२ का अध्यक्ष डा. शत्तदल चौधरीले आफ्नो कार्यकालमा विभिन्न स्थानमा रोपिएका विरुवाहरुको संरक्षण गर्ने आश्वासन दिए । उनले फूड बैंकले क्लबलाई थप उचाईमा पु¥याएको बताए । कार्यक्रममा रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीको बेबसाइट लञ्च गरिएको थियो ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij