images

मंगलवार, बैशाख १८ गते २०८१

बुटवल कोरा २१ सम्पन्न

बुटवल कोरा २१ सम्पन्न

images
images
images
शनिवार, श्रावण २ २०७८
शनिवार, श्रावण २ २०७८
  • बुटवल कोरा २१ सम्पन्न


    बुटवल, ३ साउन ।

    साईकलमार्फत पर्यटन प्रर्वद्धनको उदेश्यका साथ ‘बुटवल कोरा २०२१, साईक्लिङ च्यालेन्ज’ शनिबार सम्पन्न भएको छ । ‘स्वास्थ्यका लागि साईकल, राष्ट्रका लागि साईकल’ भन्ने नारासहित बिबि ग्रुप, लिओक्स बुटवल, आवास ग्रुप, एभरेष्ट पानी उद्योग, एशियन बिस्कुट एण्ड कन्फेस्नरी प्रा.लि., देवदह मेडिकल कलेज, शंकरनगर वनवाटिका तथा अनुसन्धान केन्द्र, नवज्योती युवा क्लब, सुरक्षित यात्रा अभियान नेपालको सहयोगको आर्थिक सहयोग तथा रुपन्देहीका चार वटा साईकल क्लबहरुको आयोजनामा कोरा सम्पन्न भएको हो ।

    तिलोत्तमाको वनवाटिका तथा अनुसन्धान केन्द्रबाट सुरु भएको साईकलयात्रा योगीकुटी, मिलनचोक, देवीनगर चौपारी, नयाँगाउँ मुक्तिनाथ धाम, बुटवल जल विनायक गणेश मन्दिर, हाटबजार, राजमार्ग चौराहा, चरङ्गे, देवदह मेडिकल कलेज हुँदै पुन : वनवाटिकामा पुगेर सम्पन्न भएको छ । हिन्दु र बौद्ध धर्मानुसार शक्तिपिठलाई दाहिने पारि पवित्र मनका साथ साईकल यात्रा गरिने  आयोजक साईकल सिटी बुटवलका अध्यक्ष विनोद कार्कीले बताए । यात्रामा सहभागी साईकल यात्रीहरुलाई विभिन्न धार्मिक, सांस्कृतिक, संघ–संस्थाहरुले भव्य स्वागत गरेका थिए । नयागाउँस्थित मुक्तिनाथ धाममा पिठाधिस १००८ स्वामी लोकानन्द, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष धर्मराज शर्मा आचार्य, उपाध्यक्ष दयाराम न्यौपाने, प्रचारप्रसार समितिका संयोजक गोपाल पाण्डेले साईकल यात्रीहरुलाई शान्ति होमन गरी प्रसाद वितरण गरी स्वागत गरेका थिए ।

    त्यसै गरी बुटवल दुर्गा मन्दिरमा श्री तिलोत्तमा मैजु खलले नेवारी परम्परा अनुसार धिमी बाजा र जुसपानी पिलाएर साईकलयात्रीहरुलाई स्वागत गरेका थियो । त्यसै गरी चरङेमा युवाहरु कृष्ण अर्याल, विश्वास गुरुङहरुको समुहले तथा देवदह मेडिकल कलेजमा कलेजका अस्पताल निर्देशक डाक्टर विक्रम ज्ञवाली, देवदह नगरपािलका वडा नम्बर ९ का अध्यक्ष केशव भट्टराई, तरुण दल देवदहका अध्यक्ष मोहन बहादुर जिसी, मेडिकल कलेजकी मेट्रोन सिमा काफ्ले, रेकर्डपर्सन मधु भण्डारीसहित स्थानीयले स्वागत गरेका थिए ।

    मेडिकल कलेजले साईकल यात्रीलाई प्रोत्साहन गरेकोमा बुटवल यूनाईटेड, तिनाउ साईक्लिङ्ग, बुटवल साईक्लिङ्गको तर्फबाट कार्यक्रम संयोजक किरण श्रेष्ठले धन्यवाद गर्दै सबैको साथ निरन्तर दिन आग्रह गरे । साईकल यात्रामा रुपन्देहीका १ सय ५० बढीको सहभागिता रहेको थियो । तिलोत्तमा र बुटवलका धार्मिक, पर्यटकीय स्थलहरु समावेश भएको र्याली करीब ५० किलोमिटर दुरी यात्रा पार गरेका थिए ।

    कार्यक्रमममा बुटवल युनाईटेड साईक्लिङ क्लब, साईकल सिटी बुटवल, तिनाउ साईकल क्लब, बुटवल साईक्लिङ ग्रुपको संयुक्त आयोजनामा शनिबार तिलोत्तमा नगरपालिकाको शंकरनगर वनवाटिका तथा अनुसन्धान केन्द्रबाट सुरु भएको साईकल सिटी बुटवलका अध्यक्ष विनोदजंग कार्कीले बताए । विश्वभर जुलाई १७ गते एकै दिन कोरा गरिने भन्दै उनले धार्मिक स्थलहरुको पहिचान, एकता र सामाजिक भावना विकास गर्ने पवित्र चाडका रुपमा रहेको बताए । दैनिक जीवनमा साईकलको बढी भन्दा बढी प्रयोग गर्न सके पर्यावरण जोगाउन योगदान मिल्ने उनले बताए । बुटवल युनाईटेड साईक्लिङ क्लबका अध्यक्ष उत्तम श्रेष्ठ, तिनाउ साईकल क्लबका अध्यक्ष अर्जुन श्रेष्ठ, बुटवल साईकल क्लबका अध्यक्ष शिवशंकर चौधरी, साईकल सिटीका मनिक बिश्वकर्माले युवाहरुलाई एकतावद्ध गराउँदै सामाजिक कार्यमा अग्रसर गराउन साईक्लिङ एउटा माध्यमका रुपमा रहेको बताए ।


    images

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij