images

शनिवार, बैशाख ८ गते २०८१

अध्यादेशबाट आएको लुम्बिनी प्रदेशको बजेट सार्वजनिक

अध्यादेशबाट आएको लुम्बिनी प्रदेशको बजेट सार्वजनिक

images
images
images
शुक्रवार, श्रावण १ २०७८
शुक्रवार, श्रावण १ २०७८
  • अध्यादेशबाट आएको लुम्बिनी प्रदेशको बजेट सार्वजनिक

    बुटवल, १ साउन ।
    संविधानको धारा २०२ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा जारी गरिएको अध्यादेशबाट आएको बजेट आर्थिक मामिला तथा योजना मन्त्री चौधरीले सार्वजनिक गरेका छन् । सरकारका प्रवक्ता समेत रहेका मन्त्री चौधरीले मन्त्रालयमा शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत बजेट सार्वजनिक गरेका हुन् । 

    images
    images
    images

    बजेट सार्वजनिक गदै मन्त्री चौधरीले यसअघि प्रदेश सभामा आर्थिक वर्ष २०७८/०८९ का लागि पेश भएको बजेट नै अध्यादेशबाट ल्याइएको बताए । प्रदेश सभामा पारित हुन अवस्था नआएपछि अध्यादेशबाट ल्याउनु परेको बाध्यतात्मक अवस्था रहेको मन्त्री चौधरीको भनाइ थियो । यसअघि शुक्रवार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले अध्यादेशबाट बजेट ल्याउने निर्णय गरेको थियो । 

    सोही अनुसार मन्त्री चौधरीले आगामी आगलागि ४० अर्ब, ९५ करोड ९७ लाख बराबरको बजेट विनियोजन गरिएको बताए । प्रदेशको समृद्धिका लागि प्रदेश सरकारको मुल नारा समृद्ध प्रदेश खुशी नेपाली साकार पार्न कृषि, पर्यटन, उद्योग र व्यापारलाई प्रबद्र्धन गर्न प्रयाप्त बजेट र प्राथमिकताका आधारमा योजनाहरु तर्जुमा गरिएको मन्त्री चौधरीले बताए । 

    कोभिड महामारी नियन्त्रण, शिक्षाको विकास र पूर्वाधार विकासमा प्रर्याप्त बजेट विनियोजन गरिएको मन्त्री चौधरीको भनाइ छ । मन्त्री चौधरीले प्रदेश सभाको आठौं अधिवेशनको आठौं बैठकमा उक्त बजेट प्रस्तुत गरेका थिए । 

    प्रदेश सभाको बजेट अधिवेशनबाट बजेट पारित नहुने देखिएपछि प्रदेश सरकारले बिहीवार राति प्रदेश सभाको बजेट अधिवेशन अन्त्य गरेको थियो । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल (उपेन्द्र यादव पक्ष) र राष्ट्रिय जनमोर्चा सम्मिलित विपक्षी गठबन्धनले संसद् छलेर अध्यादेशको भरमा शासन गर्ने मुख्यमन्त्री शंकर पोखरेलको प्रवृति लोकतन्त्रको मुल्य मान्यताविपरीत रहेको भन्दै विरोध गरेका छन् ।

    यता कुल सदस्य संख्या ८३ रहेको प्रदेश सभामा सत्तापक्ष एमालेका ३८ र जनता समाजवादी पार्टी (महन्थ ठाकुर पक्ष) का तीनसहित ४१ जना सदस्य रहेका छन् । उता नेपाली कांगे्रस, नेकपा माओवादी केन्द्र र जसपा उपेन्द्र यादव समुहका ३ जनासमेत विपक्षी गठबन्धनसंग सभामुखसहित ४२ सदस्य रहेका छन् ।

    214487023_232891041857953_5868935776112508914_n.jpg

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij