images

शनिवार, बैशाख २२ गते २०८१

‘सत्तापक्ष नै सदनबाट भाग्नु संसदीय इतिहासमा हदैसम्मको भद्धा मजाक’

‘सत्तापक्ष नै सदनबाट भाग्नु संसदीय इतिहासमा हदैसम्मको भद्धा मजाक’

images
images
images
शुक्रवार, श्रावण १ २०७८
शुक्रवार, श्रावण १ २०७८
  • ‘सत्तापक्ष नै सदनबाट भाग्नु संसदीय इतिहासमा हदैसम्मको भद्धा मजाक’

    बुटवल, १ साउन ।
    लुम्बिनी प्रदेशको विपक्षी गठबन्धनले प्रदेश सभामा बजेट ल्याउने सत्ता पक्ष नै सदनबाट भाग्नु संसदीय इतिहासमा हदैसम्मको भद्धा मजाक भएको बताएको छ । विपक्षी गठबन्धनले प्रदेश सभा बैठकबाट भागेर रातारात संसद अधिवेशन अन्त्य गर्ने कार्य अत्यन्तै घृणित कार्य भएको टिप्पणी गर्दै नियम कानुन प्रक्रिया नदेख्ने प्रदेश प्रमुख धर्मनाथ यादव मुख्यमन्त्रीको कार्यकर्ता बनेको आरोप लगाएका छन् ।

    images
    images
    images

    सत्ता पक्ष सदन छोडेर गएकै कारण प्रदेशसभाबाट बजेट अस्वीकृत भएको दावी गर्दै प्रमुख प्रतिपक्ष दलका नेता विरेन्द्र कनौडियाले प्रदेशसभामा बजेट फेल हुने अवस्था देखेपछि सत्तापक्ष एमालेले बैठक बहिष्कार गरेको बताए । बजेट निर्णायार्थ पेश गर्नुपर्ने मुख्यमन्त्री स्वयंको अगुवाइमा बैठक बहिष्कार गरिएका कारण बजेट फेल भएको र सरकार अल्पमतमा रहेको पुनः प्रमाणित भएको बताए । नेता कनौडियाले भने—‘सत्ता पक्ष अल्पमतमा रहेको र बजेट पारित हुने नदेखेपछि उनिहरु अत्तालिएर भागे।’ 

    नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता कुल प्रसाद केसीले मध्यरातमा प्रदेशसभा अधिवेशन अन्त्य गर्ने कार्य सार्वभौम संसदमाथि गम्भिर षड्यन्त्र भएको कुरामा जोड दिए । प्रदेश प्रमुख जस्तो गरिमामय पदमा बसेको व्यक्ति मुख्यमन्त्रीको झोले कार्यकर्ता बन्नु दुःखद घटना भएको उल्लेख गर्दै नेता केसीले अब प्रदेश प्रमुखकै विरुद्धमा आन्दोलन केन्द्रीत गरिने चेतावनी दिए । नेता केसीले भने–‘नेपालमा केपी ओलीतन्त्रको अन्त्य भइसकेको छ, यो पनि उसकै एउटा टुकडी हो चाँडै अन्त्य हुन्छ ।’

    जनता समाजवादी पार्टी नेपाल (जसपा) संसदीय दलका नेता सहजराम यादवले सत्तापक्षले नै संसद बहिष्कार गर्नु भनेकै बजेट फेल हुनु भएको बताउँदै षडयन्त्र र धोखाघडीको राजनिति धेरैदिन नटिक्ने दावी गरे । उनले भने— ‘मुख्यमन्त्री पोखरेलले जतिसुकै षडयन्त्र गरे पनि अब टिक्दैन, हामी आन्दोलन गरेरै भए पनि मुख्यमन्त्री र प्रदेश प्रमुखलाई हटाउछौं र संसदको गरिमा र मर्यादा कायम गर्छौं । ’

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij