images

शनिवार, बैशाख २२ गते २०८१

लुम्बिनी प्रदेश : सत्तापक्षले नै बहिस्कार गरे सदन

लुम्बिनी प्रदेश : सत्तापक्षले नै बहिस्कार गरे सदन

images
images
images
बिहिवार, आषाढ ३१ २०७८
बिहिवार, आषाढ ३१ २०७८
  • लुम्बिनी प्रदेश : सत्तापक्षले नै बहिस्कार गरे सदन

    बुटवल, ३१ असार। लुम्बिनी प्रदेश सभाको बैठकमा आज अनौठो दृष्य देखियो। प्रायः प्रतिपक्षले बिरोध र बहिस्कार गर्ने संसदमा सत्तापक्षका सांसदले बहिस्कार गरेपछि अन्यौलता छाएको छ।

    images
    images
    images

    आर्थिक बर्ष २०७८/०८९ का लागि प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमाथि प्रतिपक्षका सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रम सकिएसँगै मुख्यमन्त्री शंकर पोखरेलसहित सत्तापक्षका सबै सांसदहरुले बहिस्कार गरे। बिपक्षी दलका सांसदहरुले अल्पमतको सरकारले ल्याएको बजेट पारित हुन नदिने बताईरहेका बेला सत्ता पक्षकै सांसद अनुपस्थित भएपछि आज पारित गर्ने भनीएको बजेट पास हुन नसक्ने देखेपछि सत्ता पक्षले बहिस्कार गरेको हो।

    प्रदेशसभामा बजेट माथि छलफल भईरहेका बेला सुर्य चिन्ह लिएर चुनाव जितेका स्वतन्त्र सांसद अजय शाहि बैठकमा उपस्थित भएनन्। बैठकमा सहभागी हुने भन्दै काठमाडौंबाट मंगलवार बुटवल आईपुगेका शांसद शाही अस्वस्थ भएको भन्दै पुनः बुधवार काठमाडौं फर्किएका छन्। उनी नवलपरासी पश्चिमको क्षेत्र नम्बर १ (२) बाट निर्वाचित भएका हुन्। आफ्नै सांसद प्रदेश सभामा अनुस्थित भएपछि लुम्बिनी प्रदेशको प्रदेश सभा बैठकबाट सत्तापक्षका सांसद बाहिरिएका छन्।

    प्रदेश सरकार मुख्यमन्त्री र मन्त्रीहरुले जवाफ दिने क्रम सकिएपछि उनिहरु बैठकबाट बाहिरिएका थिए। सत्तापक्ष दिर्घामा उपसभामुख कृष्णी थारु र प्रमुख सचेतक भुमिश्वर ढकालमात्रै रहेको र बजेट पारित गर्न दलिय सहमतिका लागि प्रमुख सचेतक ढकालले सभामुख समक्ष समय मागेका थिए। लगत्तै सभामुख पुर्णबहादुर घर्तीले प्रमुख प्रतिपक्षको राय माग गर्दै बिपक्षी नेता बिरेन्द्र कुमार कनौडियालाई समय दिएका थिए। बिपक्षी नेता कनौडियाले सदनमा सरकारलाई पहिले बहुमत सिद्ध गर्न चेतावनी दिए। लगत्तै सत्तापक्षका सबै सांसदहरु बाहिरीयपछि ढकालले पुनः आग्रह गरेपछि सभामुखले आधा घण्टा समय छलफल र सहमतीका लागि दिदै बैठक स्थगित गरेका छन। बैठक आज बिहिबार ५ : ३० का लागि बोलाईएको छ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij