
मंगलवार , आषाढ २९, २०७८
बुटवल, २९ असार ।
रोटरी क्लब अफ बुटवलले बुटवलले बुटवलको हिलपार्कमा सेड निर्माण गर्ने भएको छ । क्लबका वर्ष २०२०/२१ का अध्यक्ष सुनिल श्रेष्ठको अगुवाईमा हिलपार्कमा सेडा निर्माणका लागि सोमबार शिलान्यास गरिएको हो । सेडको शिलान्यास गर्दै रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का वर्ष २०२०/२१ का गभर्नर राजीव पोखरेलले पूर्वाधारको क्षेत्रमा पनि रोटरीले काम गरिरहेको बताए ।
हिलपार्क क्षेत्र पर्यटकीय दृष्टिले उपयुक्त रहेको र यहाँ वनभोज लगायत विभिन्न कार्यक्रम गर्नका लागि सेड आवश्यक पर्ने भएकाले रोटरीले यस्ता काममा अग्रसरता लिनु सह्रानीय रहेको उनको भनाइ छ ।
रोटरी क्लब अफ बुटवलका वर्ष २०२०/२१ का अध्यक्ष सुनिल श्रेष्ठले शिलान्यास गरिएको सेडको निर्माण छिट्टै नै सम्पन्न गरिने विश्वास दिलाएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij