२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

कराँते प्रतियोगितामा योगदान गर्नेलाई सम्मान

मंगलवार , आषाढ २९, २०७८

  • 3.5K
    Shares
  • 3.5K
    Shares
  • भैरहवा, २९ असार । 
    जापान गोजुरियो कराँते डो मिसन संघ नेपालले सोमबार चार जनालाई सम्मान गरेको छ । काठमाडौंमा भएको छैठौं अन्तर्राष्ट्रिय जुनियर कराँते प्रतियोगितामा योगदान गर्ने केवी राना काजी, सतिश चौधरी, भरत बहादुर केसी र प्रद्युम्नमान श्रेष्ठलाई एक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको हो । संघीय इकाई प्रहरी कार्यालय भैरहवाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशील कुमार यादवले प्रमाणपत्र र मेडलले उनीहरुलाई सम्मान गरेका हुन् । 

    संघका केन्द्रिय अध्यक्ष केवी राना काजीको अध्यक्षतामा भएको कार्यत्रलममा प्रमुख अतिथि प्रहरी वरिष्ठ उपरीक्षक सुशील कुमार यादव, संघका केन्द्रिय उपाध्यक्ष सतिश कुमार चौधरी, केन्द्रिय सल्लाहकार भरत बहादुर केसी, उपभोक्ता हित संरक्षण मंचका कार्यवाहक अध्यक्ष भगवती भण्डारी, विपीपथ क्लबका लक्ष्मण गौतम लगायतले बोलेका थिए ।  श्री बाल मन्दिर आधारभूत विद्यालय भैरहपाका प्रधानाध्यापक धना थापाको स्वागत मन्तव्य तथा संघका केन्द्रिय सचिव गिरी प्रसाद पुनको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।