images
images

आइतवार, जेठ ६ गते २०८१

लायन्स होलिसिटी सिद्धार्थनगर र लुम्बिनी क्रियटिभ लेडीको पद हस्तान्तरण

लायन्स होलिसिटी सिद्धार्थनगर र लुम्बिनी क्रियटिभ लेडीको पद हस्तान्तरण

images
images
images
शनिवार, आषाढ २६ २०७८
शनिवार, आषाढ २६ २०७८
  • लायन्स होलिसिटी सिद्धार्थनगर र लुम्बिनी क्रियटिभ लेडीको पद हस्तान्तरण

    भैरहवा, २६ असार ।
    लायन्स क्लब अफ होलिसिटी सिद्धार्थनगर र लायन्स क्लब अफ लुम्बिनी क्रियटभि लेडीको पद हस्तान्तरण कार्यक्रम शुक्रबार भैरहवामा सम्पन्न भएको छ । कार्यक्रममा लायन्स होलिसिटी सिद्धार्थनगर वर्ष २०२०/२१ का अध्यक्ष देवराज न्यौपानेले वर्ष २०२१/२२ का अध्यक्ष राकेश गुरुङलाई पद हस्तान्तरण गरेका थिए । त्यसै गरी लायन्स लुम्बिनी क्रियटिभ लेडी वर्ष २०२०/२१ का अध्यक्ष देवी न्यौपानेले वर्ष २०२१/२२ का अध्यक्ष मञ्जु शर्मा रेग्मीलाई पद हस्तान्तरण गरेकी थिइन् ।

    images
    images
    images

    कार्यक्रममा लायन्स होलिसिटी वर्ष २०२१/२२ को कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको नामावली क्लबका संस्थापक अध्यक्ष तथा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका को–चिफ एडभाइजर ओम कुमार श्रेष्ठले सार्वजनिक गरेका थिए । क्लबको वर्ष २०२१/२२ को निवर्तमान अध्यक्षमा देवराज न्यौपाने, प्रथम उपाध्यक्षमा मंगल भण्डारी, द्वितीय उपाध्यक्षमा सुमन शर्मा, तृतीय उपाध्यक्षमा ऋषिराम पाण्डे, सचिवमा माधव शर्मा, कोषाध्यक्षमा पंकज उदास, सह–सचिवमा दिपक काफ्ले र सह–कोषाध्यक्षमा गोपाल जैसवाल रहेका छन् । 

    त्यस्तै क्लब मेम्बरसिपमा सुशिल लाकोल, क्लब एलसीआइएफ चेयरपर्सनमा रवि थपलिया, क्लब सर्भिस चेयरपर्सनमा दिनेश पौडेल, क्लब मार्केटिङ कम्युनिकेशनमा सागर पोखरेल, निर्देशकमा शिशिर थैव, संजय कुमार शर्मा, पवन क्षेत्री, अनिल द्ववा, ओमप्रकाश गिरी, कमल जि.सी., सन्तोष उपाध्याय, क्लब एडमिनिष्ट्रेटरमा दिपेन्द्रमान श्रेष्ठ, टेमरमा अमन जैसवाल, जनसम्पर्क अधिकारी (पीआरओ)मा दीपक घिमिरे रहेका छन् ।

    त्यसै गरी आइटी कोर्डिनेटरमा अनुज प्रधान, क्लब एडिटरमा राजेश जि.सी, फण्ड राइजिंग चेयरपर्सनमा हरिष सेठिया, खेलकुद संयोजकमा सुशिल क्षेत्री, प्रमुख सल्लाहकारमा ओम कुमार श्रेष्ठ, सल्लाहकारहरुमा विष्णु थापा, रामचन्द्र उपाध्याय, दिपक श्रेष्ठ, चन्द्भ/क्त श्रेष्ठ, सुशिल गुरुङ, संगम न्यौपाने र दिपेन्द्र प्रधान रहेका छन् ।

    त्यसै गरी लायन्स लुम्बिनी क्रियटिभ वर्ष २०२१÷२२ को कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको नामावली क्लबका संस्थापक अध्यक्ष तथा लायन्स क्लब इन्टरनेशनल ३२५ बी २ नेपालका जोन चेयरपर्सन रचना क्षेत्रीले सार्वजनिक गरेकी थिइन् । क्लबको वर्ष २१/२२ को निवर्तमान अध्यक्षमा देवी न्यौपाने, प्रथम उपाध्यक्षमा सविता तुलाधर, द्वितीय उपाध्यक्षमा अर्चना थैव, तृतीय उपाध्यक्षमा देवी बेल्बासे, सचिवमा प्रकृति उप्रेती, सह–सचिवमा अंशु खाती कार्की, सह–कोषाध्इक्षमा बबिता गुप्ता, क्लब मार्केटिङ कम्युनिकेशन चेयरपर्सनमा प्रतिमा भण्डारी, फण्ड राईजिंग चेयरपर्सनमा मनिषा पोखरेल पाण्डे, टेल ट्वीष्टरमा सिर्जना पौडेल ज्ञवाली, क्लब सर्भिस चेयरपर्सनमा ममता भट्टराई, क्लब मेम्बरसीप चेयरपर्सनमा मन्दिरा भण्डारी, निर्देशकमा रीता शर्मा, सम्झना भण्डारी, प्रमुख सल्लाहकारमा रचना क्षेत्री तथा सल्लाहकारमा क्लबका सम्पूर्ण अध्यक्षहरु रहेका छन् ।

    _L5A9697.JPG

    कार्यक्रममा बोल्दै लायन्स क्लब अफ होलिसिटी सिद्धार्थनगर वर्ष २०२०/२१ का अध्यक्ष देवराज न्यौपानेले आफू भन्दा कम भाग्यशालीको सेवा गर्ने अठोटका साथ क्लब अगाडी बढेको बताए । उनले कोभिड–१९ का कारण अपेक्षित सहयोग गर्न नसके पनि सक्दो कार्यक्रमहरु सम्पन्न गरिएको बताए ।

    लायन्स क्लब अफ लुम्बिनी क्रियटिभ लेडी वर्ष २०२०/२१ का अध्यक्ष देवी न्यौपानेले लायन्स क्लबले छुट्टै पहिचान बनाउन सफल भएको बताइन् । उनले लायन्स लुम्बिनी क्रियटिभले वर्ष २०२०/२१ मा वृक्षारोपण, क्यान्सर सचेतना कार्यक्रम लगायत गरी ३४ वटा कार्यक्रमहरु सम्पन्न गरिएको बताइन् ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल ३२५ बी २ नेपालका द्वितीय भाइस गभर्नर नवराज न्यौपानेले लायन्स क्लब अफ होलिसिटी सिद्धार्थनगर र लायन्स क्लब अफ लुम्बिनी क्रियटिभ लेडीले रचनात्मक कार्य गरेको बताए । उनले आगामी दिनमा पनि समाजको हितमा काम गर्न आग्रह गरे ।

    कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल ३२५ बी २ नेपालका डिष्ट्रिक इक्जीक्युटिभ चिफ अर्जुनमान सैंजु, चिफ एडभाइजर आर.एस.महतो, को–चिफ एडभाइजर धर्मराज श्रेष्ठ, ओम कुमार श्रेष्ठ, विनोद खरेल लगायतले बोल्दै लायन्सले समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेलेको बताए । 

    _L5A9372.JPG

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij