images
images

आइतवार, जेठ ६ गते २०८१

ग्लोबल ग्रान्टको तयारी र समीक्षा सम्पन्न

ग्लोबल ग्रान्टको तयारी र समीक्षा सम्पन्न

images
images
images
शनिवार, आषाढ २६ २०७८
शनिवार, आषाढ २६ २०७८
  • ग्लोबल ग्रान्टको तयारी र समीक्षा सम्पन्न


    बुटवल, २६ असार ।
    रोटरी क्लब अफ बुटवल डाउनटाउनको ८ सय ५५ औं नियमित तथा पहिलो बोर्ड बैठक शुक्रबार सम्पन्न भएको छ । बैठकमा वर्ष २०२१/२०२२ का नवनिर्वाचित अध्यक्ष जबिन कक्षपतिले क्लबबाट भएका कार्यक्रमबारे समीक्षा र आफ्नो कार्यकालमा विशेष परियोजनाहरुको तयारीबारे जानकारी गराएका थिए । 

    images
    images
    images

    उनले क्लबबाट संचालन हुँदै आएको एम्बुलेन्सको आयव्यय सार्वजनिक गर्ने, भवनको तल्ला थप्ने र संस्थालाई क्रियाशिल बनाउने बताए । क्लबबाट ३ वटा ग्लोबल ग्रान्टसहित ५० बढी परियोजना गर्ने तयारीमा रहेको उनले बताए । लुम्बिनी आयुर्वेद अस्पतालमा सामग्री सहयोग, आम्दा अस्पतालमा सामग्री सहयोग, हिलपार्कमा शुद्ध पिउनेपानी व्यवस्थापन गर्ने गरी संयोजकहरु शिव ज्ञवाली, नर बहादुर श्रीष, राजेन्द्र ढकाल चयन गरिएको छ । वर्षभरी करीब ३८ लाख बराबरको खर्च हुने गरी बजेट अनुमान रहेको उनले बताए ।साउन ४ गते सोमबार वृक्षारोपण र पद स्थापन गर्ने निर्णय भएको क्लबका सचिव बाबुराम बन्जाडेले बताए । 

    रोटरी डिष्ट्रिक ३२९२ नेपाल भुटान जोन २० एजी जीवन अधिकारीले नियमित कामसंगै रचनात्मकता ल्याउन सुझाव दिए ।  ईन्कमिङ प्रेसिडेन्ट भरत काउचाले डाईरेक्टरी तयारी अन्तिम तयारीमा रहेको उनले बताए । 

    कार्यक्रममा निवर्तमान अध्यक्ष पंकज ज्ञवाली, क्लब मेन्टर भिमराज श्रेष्ठ, पूर्व अध्यक्ष मान बहादुर विक, नर बहादुर श्रीष, उपाध्यक्ष शिव ज्ञवाली, संस्थापक सदस्य ऋषि बहादुर भण्डारी, रोटरी डिष्ट्रिकका सन्सटेबल डेभलोपमेन्ट कमिटी चेयर राजेन्द्र ढकालले सामाजिक हितका लागि संचालन गरिएको एम्बुलेन्स संचालनमा केही कठिनाई आएको बताए । समाज कल्याणमा दर्ता नहुँदा कतिपय सामाजिक कार्यमा योगदान दिन सहजता आउने उनले बताए ।

    कार्यक्रममा क्लबका पूर्व अध्यक्ष भिमराज श्रेष्ठ, महेन्द्र ध्वजु, नर बहादुर श्रीष, पिताम्बर ज्ञवाली, तुल्सी घिमिरे, उपाध्यक्ष कमला हमाल, सचिव बाबुराम बन्जाडे, कोषाध्यक्ष भानु केसी, सर्ज अर्ट आर्म प्रेमा केसीले पाष्ट प्रसिडेन्ट काउन्सिल गठन र यसको संचालनबारे प्रकाश पारेका थिए ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij