images
images

आइतवार, जेठ ६ गते २०८१

कार्यालय प्रमुख थापालाई विदाई

कार्यालय प्रमुख थापालाई विदाई

images
images
images
शनिवार, आषाढ २६ २०७८
शनिवार, आषाढ २६ २०७८
  • कार्यालय प्रमुख थापालाई विदाई

    बुटवल, २६ असार । 
    रुपन्देही जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख तथा  भारोत्तोलन खेलका वरिष्ठ प्रशिक्षक संगमसिह थापालाई रुपन्देही लन टेनिस संघले विदाई गरेको छ ।  एक कार्यक्रमकाबीच रुपन्देही लन टेनिस संघका अध्यक्ष संजय श्रेष्ठ, सचिव गोपाल ज्ञवालीले बढुवा भई राष्ट्रिय खेलकुद परिषद् तालिम तथा प्रशिक्षण विभाग अन्तर्गत प्राविधिक प्रशासनको उप-निर्देशकको जिम्मेवारी पाएका थापालाई विदाई गरेको हो । 

    images
    images
    images

    वि.सं. २०७२ सालदेखि जिल्ला कार्यालयमा कार्यरत थापा राखेप केन्द्रमा तालिम तथा प्रशिक्षक विभागको उपनिर्देशक पद जिम्मेवारी पाएका छन् । कार्यक्रममा बोल्दै उप–निर्देशक थापाले खेल र खेलाडीको विकासको लागि आफू निरन्तर लागेको बताए । वि.स.. २०५० सालमा अधिकृतमा नाम निकालेर खेलकुदमा जिम्मेवारीलाई पुरा गरिरहेको उनले बताए । जनप्रतिनिधि र कर्मचारीहरुले खेलको भावना बुझ्न सके खेल विकासले गति लिनेमा दुईमत नरहेको उनले दावी गरे । 

    संघको अगुवाइमा अन्तर्राष्ट्रिय रुपमा नाम चलेको लन टेनिस खेलको काठमाण्डौ बाहिर युवा खेलाडी उत्पादन गर्दै आएको छ । संघका सचिव गोपाल ज्ञवालीले सरोकारवाला निकायहरु खेल र खेलाडीको मर्म बुझ्न नसक्दा पछि परेको गुनासो गरे। पुर्वाधार विकाससंगै खेलकुद गतिविधिलाई प्राथमिकता दिनुपर्ने उनले बताए । लामो समयको कोभिड संक्रमण र लकडाउनका कारण खेलाडीहरु समस्यामा रहेको भन्दै यसतर्फ सरकारको योजना ल्याउन उनले सुझाव दिए ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij