२०८३, बैशाख १२ गते

Apr 25 2026 | २०८३, बैशाख १२ गते

स्थानीय सरकारको विकासमा महिलाको सहभागिता आवश्यक : सचेतक क्षेत्री

बिहिवार , आषाढ २४, २०७८

  • 3.7K
    Shares
  • 3.7K
    Shares
  • अर्घाखाँची, २४ असार  ।
    अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा स्थानीय विकासका कार्यक्रमहरुमा महिला सहभागिता सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै नेपाली कांग्रेस लुम्बिनी प्रदेशका संसदीय दलका सचेतक निर्मला क्षेत्रीले क्षमता, ज्ञान, खुबी र योगदानका कारण स्थानीय विकास  निर्माणमा महिला सहभागिता भएता पनि अझै पनि आफ्नो अधिकार प्राप्तको लागि पुर्ण रुपमा पुरुषबाट सहयोग हुन नसकेको बताइन् ।

    २०७४ सालमा भएको स्थानीय तहको निर्वाचन पश्चात देशभरका ७ सय ५३ स्थानीय तहमा १४ हजार ३ सय ५६ महिला जनप्रतिनिधि निर्वाचित भएको नेपालकै इतिहासमा पहिलोपटक महिलाहरु नेतृत्वमा पुगेको जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर भुसालले बताए ।

    नेपाली कांग्रेस अर्घाखाँचीक सभापति विष्णु प्रसाद खनाल (मुस्कान )ले अझै पनि ग्रामीण भेगका महिलाहरु चुलोचौकोमा सीमित रहेका कारण स्थानीय क्षेत्रमा भइरहेका विकास निर्माणका काम वडादेखि पालिकासम्मका हरेक गतिविधिको जानकारी प्राप्तको लागि लाग्नुपर्नेमा जोड दिए ।

    कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसाल, शितगंगा नगरपालिकाका प्रमुख सुर्यप्रसाद अधिकारी, सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार विक, कांग्रेस जिल्ला उपसभापति शान्ता भण्डारी, बाबुराम पौडेल लगायतले बोलेका थिए । कार्यक्रममा जिल्लाका ६ वटा स्थानीय तहबाट सहभागिता जनाएका १ सय ८४ जना महिलालाई क्षमता अभिबृद्वि सम्बन्धी तालिम दिइएको थियो । 

    कार्यक्रम सन्धिखर्क नगरपालिकाको विशेष सहयोग र नेपाल चेतना केन्द्र अर्घाखाँचीको आयोजनामा सम्पन्न भएको थियो ।