२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

सिद्धार्थ राजमार्गको चरचरेमा टिप्पर दुर्घटना, चालकको मृत्यु

बुधवार , आषाढ २३, २०७८

बुटवल।  लगातारको बर्षाको कारण पाल्पाको चरचरेमा टिप्पर दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ।सिद्धार्थ राजमार्ग अन्तरगतको बुटवल पाल्पा खण्डको चरचरेमा टिप्पर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको हो।

पाल्पा तर्फबाट चुनढुंगा लिएर बुटवल आईरहेको लु २ ख ८२० नम्बरको टिप्पर दुर्घटना हुँदा टिप्पर चालकको मृत्यु भएको प्रहरीले जनाएको छ। 

प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले दिएको जानकारी अनुसार गुम्भिर घाईते अवस्थामा उद्धार गरि उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रवास लैजाँदै गर्दा चालकको बाटोमै मृत्यु भएको हो। चालक पाल्पा पूर्वखोला गाँउपालिका ५ बिरकोटका २६ वर्षिय सुदिप गैरे रहेको प्रहरीले जनाएको छ।

गाडीमा चालक मात्र थिए वा अन्य पनि थिए भन्ने बिषयमा खोजी भईरहेको लुमिबनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता डीएसपी डिल्ली नारायण पाण्डेले बताए।

लगातारको वर्षाले चिप्लो बनेको सडकमा सडकबाट चिप्लीएर टिप्पर १५० मिटर तल खसेको प्रहरीले जनाएको छ। रुपन्देही, पाल्पा, नवलपरासी लगाएतका जिल्लामा हिजो देदि नै भिषण पानी परेको छ।