images

बुधवार, बैशाख २६ गते २०८१

पदस्थापनको पाँचौं वर्ष प्रवेशको अवसरमा जनप्रतिनिधिले रोपे विरुवा

पदस्थापनको पाँचौं वर्ष प्रवेशको अवसरमा जनप्रतिनिधिले रोपे विरुवा

images
images
images
सोमवार, आषाढ २१ २०७८
सोमवार, आषाढ २१ २०७८
  • पदस्थापनको पाँचौं वर्ष प्रवेशको अवसरमा जनप्रतिनिधिले रोपे विरुवा

    भैरहवा, २१ असार । 
    रुपन्देहीको तिलोत्तमा नगरपालिकामा जनप्रतिनिधिहरुले पदस्थापन गरी कार्यप्रारम्भ गरेको सोमबार चार वर्ष पूरा भएको छ । तिलोत्तमा नगरपालिका स्थापना भएपछि पहिलो पटक २०७४ असार १४ गते भएको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुले असार २१ गते पदस्थापनसँगै कार्यप्रारम्भ गरेका थिए ।

    images
    images
    images

    दस्थापनको पाँचौं वर्ष प्रवेशको अवसरमा जनप्रतिनिधिहरुले सोमबार नगरकार्यपालिकाको कार्यालय परिसरमा वृक्षारोपण गरेका छन् । ‘ग्रीन तिलोत्तमा : क्लिन तिलोत्तमा’ को नारासहित हरियाली प्रवद्र्धन र सरसफाईलाई प्राथमिकतामा राख्दै आएको तिलोत्तमाले पदस्थापनको पाँचौं वर्ष प्रवेशको अवसरमा पनि वृक्षारोपण कार्यक्रम आयोजना गरेको हो ।

    वृक्षारोपण सुभारम्भ गर्दै कार्यवाहक नगरप्रमुख जगेश्वरदेवी चौधरीले सीमित स्रोत र साधनको बाबजुद पनि तिलोत्तमाले आफ्नो पहिचान स्थापित गर्ने गरी काम गरिरहेको बताइन् । उनले विगतमा जनाइएका प्रतिबद्धता पूरा गर्न बाँकी कार्यकालमा अझै सिर्जनात्मक काम गरिने बताइन् । चार वर्षमा जे-जति काम भए त्यसले नगरपालिकाको एउटा गन्तव्य तय गरेको बताउँदै उनले यो अवधिमा नगरपालिकाले अघि सारेका विभिन्न प्रवद्र्धनात्मक अभियान तथा विकास निर्माणमा सबैबाट प्राप्त सहयोग, सहकार्य र समन्वयले तिलोत्तमाको गरिमा बढाएको बताइन् ।
    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलले नयाँ नगरपालिका भए पनि तिलोत्तमाले छोटो अवधिमा धेरै राम्रा काम गर्न सकेको बताउँदै जनप्रतिनिधिको कुशल नेतृत्व र सबैको सहयोगले यो सम्भव भएको बताए ।

    नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले नगर कार्यपालिकाको पहिलो बैठकले वार्षिक ५० हजार विरुवा रोप्ने निर्णय गरेअनुरुप पदस्थापनको पाँचौं वर्ष प्रवेशको अवसरमा पनि वृक्षारोपण गरिएको जानकारी दिए ।  त्यसअवसरमा जनप्रतिनिधि तथा कर्मचारीहरुले नगर कार्यपालिकाको कार्यालय परिसरमा विभिन्न प्रजातिका फलफूलका विरुवा रोपेका थिए ।

    IMG_5424.JPG

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij