२०८२, आश्विन ६ गते

Sep 22 2025 | २०८२, आश्विन ६ गते

हिन्दू स्वयंसेवक संघको आयोजनामा रक्तदान

आइतवार , आषाढ २०, २०७८

  • 3.7K
    Shares
  • 3.7K
    Shares
  • भैरहवा, २० असार ।
    हिन्दू स्वयंसेवक संघ, नेपालको आयोजना, केशव रक्तदाता समूह नेपाल तथा लायन्स क्लब अफ भैरहवा संजिवनीको सहकार्यमा शनिबार भैरहवामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

    ‘रक्तदान जीवनदान’ भन्ने नाराका साथ सिद्धार्थनगर नगरपालिका–१३ स्थित केशवधाममा आयोजित कार्यक्रममा ३९ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक सुरज उपाध्यायले बताए ।
    कार्यक्रममा बोल्दै हिन्दू स्वयंसेवक संघ, नेपालका राष्ट्रिय संघ–चालक हेम शर्मा आचार्यले रगतको अभावमा कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले यस्ता पवित्र कार्यक्रमको आयोजना गर्नु सराहनीय भएको बताए ।

    हिन्दू स्वयंसेवक संघ, नेपालका विभाग कार्यवाह रविकान्त उपाध्यायको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । आगामी दिनमा पनि यस्ता कार्यहरुलाई निरन्तरता दिइने लायन्स क्लब अफ भैरहवा संजिवनीका अध्यक्ष अमित झाले बताए ।