images

बुधवार, बैशाख २६ गते २०८१

स्वास्थ्य सतर्कताको अभावका कारण कोरोना संक्रमण बढेको ठहर

स्वास्थ्य सतर्कताको अभावका कारण कोरोना संक्रमण बढेको ठहर

images
images
images
शनिवार, आषाढ १९ २०७८
शनिवार, आषाढ १९ २०७८
  • स्वास्थ्य सतर्कताको अभावका कारण कोरोना संक्रमण बढेको ठहर

    बुटवल, १९ असार । 
    सामाजिक दुरी कायम नगर्ने, सरसफाईमा ध्यान नदिने र खानपानमा लापरवाही गर्ने जस्ता व्यवहारका कारण कोरोना संक्रमणको जोखिम कायमै रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । व्यक्तिगत लापरवाही तथा सामाजिक सजगता र स्वास्थ्य सतर्कताको अभावका कारण विगतमा समुदायमा कोरोना संक्रमण दर बढेको ठहर गर्दै उनीहरुले आगामी दिनमा पनि ती विषयहरुमा उच्च सतर्कता नअपनाए स्थिति पुन : भयावह हुने चेतावनी दिएका छन् ।

    images
    images
    images

    सञ्चारिका समुह रुपन्देहीको आयोजना र बुटवल उपमहानगरपालिका वडा नम्बर ४ को सहयोगमा आयोजित तेस्रो चरणको कोरोना प्रभाव र अपनाउनुपर्ने सावधानी विषयक अभिमुखीकरण कार्यक्रममा बोल्ने वक्ताहरुले कोरानाबाट बाँच्न आफै सचेत र सजग बन्नुको विकल्प नरहेको बताएका थिए । आफ्नो दैनिक रहनसहनमा उच्च सतर्कताका साथ सकारात्मक परिवर्तन गरेमा कोरोना जस्ता संक्रामक रोगबाट बच्न सकिने उनीहरुको भनाइ थियो । 

    कार्यक्रमका बुटवल उपमहानगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष टंकप्रसाद पराजुलीले कोरोनासंग डराउने नभइ तर उच्च सावधानी अपनाउनुपर्ने बताए । सतर्कता र स्वास्थ्य मापदण्डको पालना गर्नुबाहेक अरु कुनै विकल्प नरहेको टिप्पणी गर्दै अध्यक्ष पराजुलीले सामाजिक दुरी, समय समयमा साबुन पानीले हात धुने र मास्क प्रयोग नै यो रोगबाट बच्ने प्रमुख उपाय भएकाले आफु र आफ्ना घर परिवारलाई सुरक्षित राख्न सबैको भूमिका महत्वपुर्ण रहने बताए ।

    कोरोना कहरका कारण राज्यले धेरै क्षति बेहोर्नु परेको उल्लेख गर्दै अध्यक्ष पराजुलीले थोरै मात्रामा भए पनि असावधानी अपनाएमा यो रोगले छोप्न सक्ने हुनाले सबै जनाले सजगता, सतर्कता र सावधानी अपनाएमा यो रोगबाट बच्न सकिने कुरामा जोड दिए । 

    नेपाल मेडिकल एशोसियशन लुम्बिनीका महासचिव, बालरोग विशेषज्ञ डा. सन्तोष पोखरेलले तेस्रो चरणको कोरोना भारत लगाएतका देशहरुमा प्रवेश गरिसकेको भन्ने विश्व स्वास्थ्य संगठनको भनाइ रहेको बताउँदै यसबाट बालबालिकाहरु बढी प्रभावित हुन सक्ने अनुमान गरेकाले यसबाट आफु र आफ्ना बालबालिकाहरुलाई सुरक्षित राख्ने उपायहरुका बारेमा जानकारी गराएका थिए। 

    सबै नारिकहरुलाई खोपको पहुँच पुग्नुपर्ने, वालबालिकाहरुलाई घरबाहिर जानबाट रोक्नुपर्ने तथा स्वास्थ्य सुरक्षाका उपायहरु अपनाउन सकेमा यो रोगबाट बच्न सकिने बताउँदै डा. पोखरेलले आहार बिहारमा सजगता र रहनसहनमा सतर्कता अपनाउनु नै कोरोना जस्ता संक्रामक रोगहरुबाट बच्ने मुख्य उपाय भएको बताए । 

    सञ्चारिका समुह रुपन्देहीका अध्यक्ष निरु गौतमको अध्यक्षतामा सम्पन्न अभिमुखीकरण कार्यक्रममा टोल विकास समितिका अगुवाहरु, स्वास्थ्य स्वयंसेविकाहरु, अभिभावक तथा महिला पत्रकारहरुको सभागिता रहेको सो कार्यक्रममा बोल्ने वक्ताहरुले कोरोनाबाट बच्न सबैभन्दा पहिले आफु नै सचेत बन्नुपर्ने र परिवार, टोल हुदै समाजलाई नै सचेत गराएमा मात्रै कोरोनालई जित्न सकिने बताए । आत्तिएर होइन धैर्यताका साथ उच्च मनोवल बनाएर स्वास्थ्य सुरक्षाका उपायहरु अपनाएमा यस्ता रोगलाई जित्न सकिने समेत उनीहरुको भनाइ छ । 

    कार्यक्रममा स्वास्थ्य स्वयंसेवीका गिता पन्थ, भुवनेश्वरी टोल विकास संस्थाका रविन्द्र नाथ पंगेनी, लक्ष्मीनगर टोल विकास समितिका एकता दवाडी, आर्दशनगर प्रगति टोलका राधा पन्त, सञ्चारिका समुहका उपाध्यक्ष तथा कार्यक्रम संयोजक मिना ढकाल, पत्रकारहरु शारदा शाही, पुजा पन्थी, कल्पना डुम्रे लगायतले बोल्दै कोरोनालाई जित्नका लागि उच्च मनोवलका साथ सुरक्षात्मक उपाय अपनाउनुपर्नेमा जोड दिएका थिए ।  

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij